2026-10-05 10:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

काठमाडौँ | संयुक्त राज्य अमेरिकाले बिहीबार काश्मीरमा अप्रिलमा भएको आक्रमणका लागि दोषी ठहराइएको एक रहस्यमय समूहलाई आतङ्कवादी घोषणा गरेको छ । ती आतङ्कवादीहरूले गरेको आक्रमणले दशकौँमा भारत र पाकिस्तानबीच सबैभन्दा खराब द्वन्द्वलाई जन्म दिएको थियो ।
विदेशमन्त्री मार्को रुबियोले द रेजिस्टेन्स फ्रन्ट (टिआरएफ) लाई पाकिस्तानमा आधारित संयुक्त राष्ट्रसङ्घद्वारा नामित आतङ्कवादी समूह लश्कर–ए–तैयबा (एलइटी) को ‘फ्रन्ट र प्रोक्सी’ का रूपमा वर्णन गर्नुभएको छ ।
“आतङ्कवादी नामकरणले हाम्रो राष्ट्रिय सुरक्षा हितहरूको रक्षा गर्न, आतङ्कवाद विरुद्ध लड्न र पहलगाम आक्रमणको न्यायका लागि राष्ट्रपति (डोनाल्ड) ट्रम्पको आह्वानलाई कार्यान्वयन गर्न ट्रम्प प्रशासनको प्रतिबद्धता प्रदर्शन गर्छ”, रुबियोले विज्ञप्तिमा भन्नुभयो ।
विभाजित काश्मीरको भारत प्रशासित क्षेत्रको पर्यटकीय केन्द्र पहलगाममा अप्रिलमा बन्दुकधारीहरूले लगभग सबै हिन्दूसहित २६ जनाको गोली हानी हत्या गरेका थिए ।
बाँचेका व्यक्तिहरूले पत्रकारहरूलाई बन्दुकधारीहरूले महिला र बच्चाहरूलाई अलग गरेको र केही पुरुषलाई मुस्लिम आस्थाको घोषणा गर्न आदेश दिएको बताए ।
भारतका विदेश मन्त्री सुब्रह्मण्यम जयशङ्करले शुक्रबार वासिङ्टनको कार्य ‘भारत–अमेरिका आतङ्कवाद विरोधी सहयोगको बलियो पुष्टि’ भएको बताउनुभएको छ ।
पहलगाम आक्रमणको सुरुमा जिम्मेवारी लिएको टिआरएफको बारेमा पहिले थोरै मात्र थाहा थियो । तर हत्यालाई लिएर सार्वजनिक आलोचना बढ्दै जाँदा समूहले आफ्नो दाबी फिर्ता लिएको थियो ।
भारतले टिआरएफलाई आतङ्कवादी सङ्गठनका रूपमा घोषणा गरेको छ र भारतस्थित अब्जर्भर रिसर्च फाउन्डेसन थिङ्क ट्याङ्कले यसलाई ‘स्मोकस्क्रिन र एलइटीको अफसुट’ भनेको छ ।
नयाँदिल्लीले पाकिस्तानमाथि आक्रमणलाई समर्थन गरेको आरोप लगाएको छ । उक्त आरोपलाई इस्लामाबादले अस्वीकार गरेको छ ।
पहलगाम हिंसाले दुई छिमेकीबीच चार दिनसम्म चलेको लडाइँलाई उक्साएको थियो । उक्त लडाइँमा दुवै पक्षका ७० जनाभन्दा बढी मानिस मारिएका थिए । यो सन् १९९९ पछिको सबैभन्दा खराब गतिरोध थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर