२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जापानमा चामलको मूल्य दोब्बर, प्रधानमन्त्रीमाथि दबाब

२०८२, ३ श्रावण शुक्रबार १३:४८
जापानमा चामलको मूल्य जुनमा गत वर्षको तुलनामा ९९ दशमलव दुई प्रतिशतले बढेको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ । यसले यो सप्ताहन्त हुने निर्वाचनअघि प्रधानमन्त्री शिगेरु इशिबामाथि थप दबाब सिर्जना गरेको छ ।
इशिबाको प्रशासनको सार्वजनिक समर्थन गत वर्ष पदभार सम्हालेदेखि सबैभन्दा तल्लो स्तरमा खसेको छ । यसको आंशिक कारण जीवनयापनको लागतलाई लिएर भएको निराशा हो ।
निराशाको एउटा मुख्य स्रोत मुद्रास्फीति र विशेष गरी चामलको बढ्दो मूल्यका साथै सत्ताधारी दलभित्रका घोटालाहरू रहेका छन् ।
चामलको मूल्य पहिले नै मे महिनामा एक सय एक प्रतिशतले बढेको थियो । यो अप्रिलमा ९८ दशमलव चार प्रतिशत र मार्चमा ९२ दशमलव पाँच प्रतिशतभन्दा बढी बढेको थियो ।
समग्रमा जापानको मूल मुद्रास्फीति दर गत महिना मेको तीन दशमलव सात प्रतिशतबाट घटेर तीन दशमलव तीन प्रतिशत भएको गृह मन्त्रालयलको तथ्याङ्कले देखाएको छ ।
अस्थिर ताजा खाद्यान्न मूल्यहरूलाई नहेर्ने यो अध्ययन बजारको तीन दशमलव चार प्रतिशतको अपेक्षाभन्दा थोरै कम थियो ।
ऊर्जा र ताजा खाना बाहेक उपभोक्ता मूल्य तीन दशमलव चार प्रतिशतले बढेको छ । यो मे महिनामा तीन दशमलव तीन प्रतिशत थियो ।
आइतबारको निर्वाचनअघि गरिएको जनमत सर्वेक्षणले माथिल्लो सदनमा सत्तारूढ गठबन्धनले आफ्नो बहुमत गुमाउन सक्ने सङ्केत गरेको छ ।
यसले इशिबालाई एक वर्षभन्दा कम समयमा राजीनामा दिन बाध्य पार्न सक्छ ।
अक्टोबरमा उहाँको गठबन्धनले शक्तिशाली तल्लो सदनमा बहुमत गुमाएको थियो ।
यो सन् १९५५ देखि लगभग निरन्तर जापानमा शासन गर्दै आएको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का लागि १५ वर्षयताकै सबैभन्दा खराब निर्वाचन परिणाम थियो ।
 शुल्क दबाब 
इशिबा अगस्ट १ मा २५ प्रतिशतको नयाँ भन्सार शुल्क लागू हुनुअघि संयुक्त राज्य अमेरिकासँग व्यापारिक सम्झौता गर्न थप दबाबमा हुनुहुन्छ ।
विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा जापानको महत्त्वपूर्ण अटो आयात पहिले नै स्टिल र एल्युमिनियम जस्तै पीडादायी भन्सार शुल्कको अधीनमा छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसियाली पावरहाउससँग ७० अर्ब डलरको व्यापार घाटा कम गर्न जापानी कम्पनीहरूले संयुक्त राज्य अमेरिकामा धेरै उत्पादन गरुन् र टोकियोले ग्यास, तेल, कार र चामलजस्ता धेरै सामान अमेरिकाबाट खरिद गरोस् भन्ने चाहनुहुन्छ ।
इशिबाले आफ्ना व्यापारिक दूत रियोसेई अकाजावालाई सात पटक वासिङ्टनमा सम्झौताको मध्यस्थता गर्न पठाउनुभएको छ र शुक्रबार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टको स्वागत गर्ने कार्यक्रममा हुनुहुन्थ्यो ।
अकाजावा पनि वार्तामा सामेल हुने र बेसेन्टसँग शनिबार ओसाकामा विश्व एक्सपो हेर्न जाने निर्धारण गरिएको जापानी सरकारले बताएको छ ।
मुद्रास्फीति बढेका कारण गत वर्षदेखि बैंक अफ जापानले मौद्रिक नीति कडा बनाउँदै आएको छ तर विश्वको चौथो नम्बरको अर्थतन्त्रमा अमेरिकी करको प्रभावको चिन्ताले यसलाई सुस्त दृष्टिकोण अपनाउन बाध्य पारेको छ ।
चामलको बढ्दो मूल्यका कारकहरूमा दुई वर्षअघि अत्यधिक तातो र सुक्खा गर्मीले राष्ट्रव्यापी फसल नोक्सान गरेको कारण हुने अभावहरू समावेश छन् ।
त्यसबेलादेखि केही व्यापारीहरूले आफ्नो नाफा बढाउनका लागि चामल भण्डारण गरिरहेको विज्ञहरू बताउँछन् ।
यो समस्या गत वर्ष सम्भावित ‘मेगाक्वेक’ का बारेमा सरकारी चेतावनीले प्रेरित आतङ्कित खरिदारीले अझ खराब बनाएको थियो । यद्यपि महाभूकम्प आएन ।
सरकारले फेब्रुअरीदेखि आफ्नो आपत्कालीन भण्डार जारी गर्ने दुर्लभ कदम चालेको छ । सरकारले यस्तो कदम सामान्यतया प्रकोपको समयमा मात्र चाल्ने गरेको थियो ।
“नीतिगत उलट–पुलट, उत्पादकबाट उपभोक्ता मूल्यहरूमा ढिलो पास–थ्रु, र येनको अवमूल्यनले निकट अवधिमा मूल्य दबाब उच्च राख्नेछ”, मुडिज एनालिटिक्सका स्टेफान एङ्ग्रिकले भन्नुभयो, “नाममात्रको तलब वृद्धि अड्किएसँगै, वास्तविक तलबले चाँडै आवश्यक वृद्धि पाउनेछैन । र अमेरिकी भन्सार शुल्क र भन्सार शुल्क धम्कीहरूले उत्पादन र रोजगारको अवस्थालाई प्रभावित गर्दा तलब वृद्धि सम्भवतः अझ सुस्त हुनेछ ।”
उहाँले भन्नुभयो, “यसले बैंक अफ जापानलाई बन्धनमा राख्छ… हामी अपेक्षा गर्छौं कि बैंक अफ जापान अहिलेका लागि होल्डमा बस्नेछ, तर लामो समयसम्म होइन । जनवरीसम्म दर वृद्धि सम्भावित छ र डिसेम्बरमा नै आउन सक्छ ।”
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ