2026-10-06 11:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

एआई भिडियोपछि ट्रम्प आलोचनामा, ‘नकली गिरफ्तारी’ का दृश्यले चर्कायो विवाद

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामालाई निशाना बनाएका छन् । ट्रम्पले टुथ सोसलमा ओबामा गिरफ्तार भएको एआई भिडियो पोस्ट गर्दै ‘कोही पनि कानुनभन्दा माथि छैन’ भनेर क्याप्सन लेखेका छन् ।

सन् २०१६ को राष्ट्रपति चुनावमा ओबामालाई धाँधलीको आरोप ट्रम्प प्रशासनले लगाइरहेकै समयमा उनको यो भिडियो आएको हो ।

ट्रम्पले टुथ सोसलमा पोस्ट गरेको एआई भिडियोमा पूर्व राष्ट्रपति बराक ओबामाले कानुनभन्दा माथि कोही पनि छैन भन्दै गरेको देखाइएको छ । यो राष्ट्रपतिलाई लक्षित गरेर भनिएको हो । यसपछि धेरै पूर्वअमेरिकी राष्ट्रपति र अमेरिकी राजनीतिज्ञहरूले कानुनभन्दा माथि कोही पनि छैन भन्दै गरेको देखाइएको छ ।

ओबामालाई ह्वाइट हाउसको कार्यालयमा ट्रम्पसँग बसेको देखाइएको छ । जहाँ दुई एफबीआई एजेन्टहरू आउँछन् र ओबामालाई हतकडी लगाउन थाल्छन् । उनीहरू ओबामालाई घिसार्दै लगेको देखाइएको छ ।

भिडियोमा ओबामाको गिरफ्तारीको समयमा नजिकै बसेका ट्रम्प हाँसिरहेको देखाइएको छ । यसपछि ओबामा सुन्तला रंगको जम्पसूट लगाएर जेलभित्र जाँदै गरेको देखिन्छ ।

उनी जेलमा दुःखी भएर बसिरहेका छन् । ट्रम्पले यो भिडियो काल्पनिक भएकोबारे कुनै अस्वीकरण जारी गरेका छैनन् । तर धेरै मानिसहरूले ट्रम्पको कदमको आलोचना गरिरहेका छन् ।

ओबामामाथि धोखाधडीको आरोप

अमेरिकी गुप्तचर निकायकी प्रमुख तथा हालै ट्रम्प प्रशासनमा सामेल भएकी पूर्व कांग्रेस सदस्य तुलसी ग्याबार्डले २०१६ को राष्ट्रपति चुनावमा ओबामा प्रशासनमाथि धोखाधडीको आरोप लगाएकी छिन् ।

पूर्वराष्ट्रपति बाराक ओबामा र उनका शीर्ष अधिकारीहरूले ट्रम्पको वैध विजयमा शंका गर्न जानाजानी रुसी हस्तक्षेपको झूटो कथा बनाएको उनीहरूको भनाइ थियो । ग्याबार्डले यस विषयमा आपराधिक अनुसन्धान र मुद्दा चलाउन माग गरेकी छिन् ।

उनले पूर्व डीएनआई जेम्स क्ल्यापर, सीआईए निर्देशक जोन ब्रेनन र एफबीआई निर्देशक जेम्स कोमीमाथि झूटा गुप्तचर रिपोर्ट तयार गरेको आरोप लगाएकी छिन् ।

यसलाई देशद्रोहको षड्यन्त्र भन्दै यो सबै ट्रम्पलाई कमजोर पार्ने लामो समयदेखि चलिरहेको षड्यन्त्रको जग भएको ग्याबार्डले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम