2026-10-05 10:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पुटिनलाई रोक्न ट्रम्पको आक्रामक रणनीति : भारत–चीनलाई ५००% ट्यारिफको धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबिच युद्धविराम गराउन विभिन्न प्रयासहरू गरिरहेका छन् ।

यही क्रममा उनका एक निकट सांसदले रूससँग व्यापारिक सम्बन्ध राख्ने देशहरूलाई कडा चेतावनी दिएका छन् । रिपब्लिकन पार्टीका प्रभावशाली सांसद लिन्डसे ग्राहमले यदि भारत र चीनले रुससँग व्यापार जारी राखे ट्रम्पले दुवै देशमाथि भारी ट्यारिफ लगाउने खुला धम्की दिएका हुन् ।

५०० प्रतिशत ट्यारिफको प्रस्ताव

सांसद ग्राहमले नै रूससँग व्यापार गर्ने देशहरूमाथि ५०० प्रतिशतसम्म ट्यारिफ लगाउनुपर्ने प्रस्ताव अघि सारेका थिए, जसमा भारत र चीन र ब्राजिलको नाम पनि समावेश थियो । उनले अब यी देशहरूले रूसबाट सामान किन्न नरोके उनीहरूको अर्थतन्त्र नै बर्बाद हुने चेतावनी दिएका छन् ।

पुटिनलाई रोक्न आवश्यक छ : ग्राहम

चीन, भारत र ब्राजिलले रुसको ८० प्रतिशत तेल खरिद गरिरहेका ग्राहमको दाबी छ, जसले राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध जारी राख्न मद्दत पुगिरहेको छ । उनले यसलाई ‘ब्लड मनी’को संज्ञा दिँदै भने, ‘पुटिनलाई नरोकेसम्म उनी रोकिने छैनन् ।’

ग्राहमभन्दा पहिले नेटोले पनि चीन र भारतमाथि ट्यारिफ लगाउने चेतावनी दिइसकेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले रुसलाई युद्धविराममा सहमत हुन सन् २०२५ सेप्टेम्बर २ सम्मको समयसीमा दिएका छन् ।

ट्रम्पले यदि रुस युद्धविरामका लागि तयार नभए उसमाथि ५०० प्रतिशत ट्यारिफ लगाइने चेतावनी दिएका छन् । साथै रुससँग व्यापार गर्ने देशहरूमाथि पनि १ सय प्रतिशत अतिरिक्त ट्यारिफ लगाइने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर