2026-10-05 08:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘घिनलाग्दा मेयर’ भन्दै ट्रम्पको लन्डनका मेयर सादिकमाथि घातक प्रहार!

काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लन्डनका मेयर सादिक खानप्रति पुनः घृणाजन्य अभिव्यक्ति दिएका छन् । स्कटल्यान्डमा बेलायती प्रधानमन्त्री कियर स्टार्मरसँगको पत्रकार सम्मेलनमा उनले खानलाई ‘नास्टी पर्सन’ (घिनलाग्दो व्यक्ति) भनेर कार्यशैलीको आलोचना गरे ।

ट्रम्पलाई एक पत्रकारले ‘सेप्टेम्बरमा राजकीय भ्रमणका क्रममा लन्डन आउने हो ?’ भनेर सोधेका थिए । जवाफमा उनले भने, “म तपाईंको मेयरको प्रशंसक होइन । मलाई लाग्छ, उनले धेरै खराब काम गरेका छन् ।” ट्रम्पले यसो भनेलगत्तै बेलायती प्रधानमन्त्री स्टार्मरले जवाफ दिए, “उनी (सादिक खान) मेरो साथी हुन् ।”

तर, ट्रम्प आफ्नो भनाइमा अडिग रहे । र, दोहोर्‍याए, “उनले धेरै खराब काम गरेका छन् । तर, म निश्चित रूपमा लन्डन आउनेछु ।”

सादिकमाथि ट्रम्पको घृणाजन्य अभिव्यक्ति यो पहिलोपटक होइन । सन् २०१९ मा पनि उनले सादिकलाई ‘बेकार व्यक्ति’ भनेर लन्डनको अपराधमा ध्यान दिन सुझाव दिएका थिए । त्यति बेला पनि ट्रम्प बेलायतको राजकीय भ्रमणमा थिए । र, लन्डन आउनुअघि नै ट्विटरमार्फत खानलाई निसाना बनाएका थिए ।

ट्रम्पले यसअघि सादिकलाई ‘आईक्यू टेस्ट’को चुनौती दिएका थिए । र, सन् २०१७ को लन्डन ब्रिज हमलापछि उनको प्रतिक्रियाको आलोचना गरेका थिए ।

ट्रम्पले आफ्नो अघिल्लो कार्यकालमा सादिकमाथि आतंकवादसँग लड्न नसकेको आरोप लगाएका थिए । उनलाई ‘स्टोन कोल्ड लुजर’ (पूर्ण रूपमा काम नलाग्ने व्यक्ति) र ‘धेरै मूर्ख’ भनेका थिए ।

सन् २०१६ मा जब ट्रम्पले केही मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका थिए, सादिक खानले त्यसको विरोध गरेका थिए ।

ट्रम्पको भनाइका विषयमा सादिकका प्रवक्ताले सोमबार साँझ जारी विज्ञप्तिमा भनेका छन्, “ट्रम्प विश्वकै उत्कृष्ट सहर लन्डनमा आउन चाहेकोमा मेयरलाई खुसी लागेको छ । उनी लन्डन आए भने हाम्रो विविधताले हामीलाई कमजोर होइन, बरु बलियो बनाउँछ भन्ने महसुस गर्नेछन् । विविधताले गरिब होइन, धनी बनाउँछ ।”

सन् २०२४ नोभेम्बर ५ को चुनावअघि एक पोडकास्टमा सादिकलाई ट्रम्पले उनको धर्म र जातका कारण निसाना बनाएका बताएका थिए । सादिकले भनेका थिए, “उनले मलाई मेरो रङ र धर्मका कारण निसाना बनाएका हुन् ।”

त्यसपछि सन् २०२४ डिसेम्बरमा एएफपीसँगको अन्तर्वार्तामा सादिकले अमेरिकी जनताले स्पष्ट सन्देश दिएका र सबैले चुनावी नतिजाको सम्मान गर्नुपर्ने बताएका थिए ।

सन् १९७० मा जन्मिएका सादिक लन्डनका पहिलो मुस्लिम मेयर हुन् । उनी मूल रूपमा पाकिस्तानी हुन् । उनका पिता पाकिस्तानमा सवारीचालक थिए । पछि उनीहरू इंग्ल्यान्ड गए । २४ वर्षको उमेरसम्म सादिकले अत्यन्त गरिबीमा जीवन बिताएका थिए ।

उनका पिता ‘रातो’ बस चलाउँथे । तर, राजनीतिमा सादिकको रुचि सानैदेखि थियो । १५ वर्षको उमेरमा उनी लेबर पार्टीमा जोडिए । उनले आफ्नो करियर मानवअधिकार कार्यकर्ताका रूपमा सुरु गरेका थिए । सन् २००५ मा उनी पहिलोपटक लेबर पार्टीबाट सांसद बने । सन् २०१६ मा उनले लन्डनको मेयर पदको चुनाव लडे र ठूलो मतान्तरले जिते ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर