2026-10-05 08:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पको चेतावनीपछि बालबालिकाको रगतले रङ्गियो किभ:२६ जनाको मृत्यु

काठमाडौँ | युक्रेनको किभमा बिहीबार भएको रुसी क्षेप्यास्त्र र ड्रोन हमलामा तीन बालबालिकासहित २६ जनाको मृत्यु भएको युक्रेनको आन्तरिक मन्त्रालयले जनाएको छ।

यसअघि दुई बालबालिका सहित १६ जनाको मृत्यु भएको जनाएकोमा ‘उद्धारकर्ताहरूले स्वाटोसिन्स्की जिल्लाको आवासीय भवनको भग्नावशेषबाट २ वर्षीय बच्चाको शवसहित थप १० वटा शव निकालेपछि शुक्रबार मृतकको सङ्ख्या संशोधन गरिएको मन्त्रालयले टेलिग्राममार्फत जानकारी गराएको छ। मन्त्रालयले बिहीबारको आक्रमणमा १६ जना बालबालिकासहित १५९ जना घाइते भएको बताएको छ।

दक्षिणपूर्वी युक्रेनको जापोरिझियामा शुक्रबार भएको रुसी आक्रमणमा एक व्यक्तिको मृत्यु भएको यस क्षेत्रको सैन्य प्रशासनले टेलिग्राममार्फत जनाएको छ। बिहीबारको आक्रमणपछि किभले एक दिनको शोक मनाउँदै घातक आक्रमण भएको जनाएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार आफ्ना सहयोगीहरूलाई आक्रमणको केही घण्टापछि ‘रुसको शासन शैलीमा परिवर्तन’ ल्याउन दबाव दिन आग्रह गरे। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार युक्रेनमा रुसको कार्यको निन्दा गर्दै मस्कोविरुद्ध नयाँ प्रतिबन्ध आउने सुझाव दिएका थिए।

‘रुसले गरेको कार्य घृणित छ,’ ट्रम्पले पत्रकार सम्मेलनमा भने। गत सोमबार ट्रम्पले मस्कोलाई आक्रमण रोक्न आग्रह गर्दै अन्यथा प्रतिबन्धको सामना गर्न १० देखि १२ दिनको अल्टिमेटम जारी गरेका थिए। एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर