Skip to content
Friday, July 17, 2026 Nepali Online Media

रविलाई थुनामुक्त गर्न माग गरेको निवेदनमाथिको बहस सकियो, आजनै आदेश आउँदै

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | रवि लामिछानेले बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको बिगो दाबीबाट छुटकारा दिलाई थुनामुक्त गर्न माग गरेको निवेदनमाथिको बहस सकिएको छ।
रुपन्देही जिल्ला अदालतमा न्यायाधीश नारायण सापकोटाको इजलासमा रवि लामिछानेका वकिलले रविलाई थुनामुक्त गर्न माग गरेका थिए।

बहस सकिएसँगै आज आदेश आउँदै छ। उनलाई बिगो बुझाएर मुद्दाबाट छुटकारा दिने, नदिनेबारे फैसला हुनेछ।

 

सुप्रिम सहकारी ठगीसँगै उनलाई संगठित अपराध सम्बन्धी कसुर पनि छ। लामिछानेले सहकारी हिनामिना गरेको भनेको बिगो दाबी बराबरको बैंक ग्यारेन्टी बुझाइसकेकाले यो मुद्दाबाट छुटकारा दिलाई थुनामुक्त गर्न माग गरेका छन्।

उनले ३ जनाको नाममा २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत बुझाएका छन्।