२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गर्भधारण, पीडा र अस्पताल बिनानै बच्चा जन्मिने -चीनको नयाँ चमत्कार के हो ?

३० श्रावण २०८२, बिहीबार १७:२४

काठमाडौँ | चीनमा आधारित काइवा टेक्नोलोजीका संस्थापक तथा सीईओ झाङ चीफेंगले यस्तो ह्युमानोइड रोबोट विकास गरेको दाबी गरेका छन्, जसले मानव महिलाको जस्तै कृत्रिम गर्भाशयमा भ्रूण पालेर जन्म दिन सक्नेछ।

कम्पनीका अनुसार यो प्रणाली एक वर्षभित्र बजारमा ल्याउने लक्ष्य राखिएको छ र यसको मूल्य एक लाख युआनभन्दा कम हुने अनुमान गरिएको छ। झाङका अनुसार रोबोटमा पेटमा फिट गरिने कृत्रिम गर्भाशयमा कृत्रिम एम्नियोटिक फ्लुइड हुनेछ र भ्रूणलाई नलीमार्फत पोषण दिइनेछ। यो प्रविधि इनक्यूबेटरभन्दा फरक हुने र गर्भदेखि जन्मसम्म भ्रूणको विकास सम्भव हुने दाबी गरिएको छ।

कम्पनीले यो प्रविधि विवाह नगर्ने वा जैविक गर्भधारण नचाहने युवाहरूलाई लक्षित गरेको बताएको छ। झाङका अनुसार यो परियोजना जनसंख्या घट्ने समस्या समाधानतर्फको एक पहल हो। यस सम्बन्धमा कम्पनीले ग्वाङडोङ प्रान्तका अधिकारीहरूसँग फोरम आयोजना गरी नैतिक तथा कानुनी पक्षमा नीति सुझाव पनि दिएको छ।

यस परियोजनाले मिश्रित प्रतिक्रिया पाएको छ। समर्थकहरूले यसलाई महिलामा पर्ने गर्भधारणको भौतिक बोझ कम गर्ने सकारात्मक कदमका रूपमा लिएका छन् भने आलोचकहरूले यसलाई नैतिकताको उल्लंघन र आमा बिना जन्म ‘क्रुर’ भएको टिप्पणी गरेका छन्।

चोसुन बिजका अनुसार चीनमा बाँझोपन दर २००७ मा ११.९ प्रतिशतबाट २०२० मा १८ प्रतिशत पुगेको छ। बेइजिङ र शाङ्घाईजस्ता शहरहरूले आर्टिफिसियल इनसेमिनेशन र आइभीएफलाई मेडिकल इन्स्योरेन्स अन्तर्गत समेट्न थालेका छन्।

२०२२ मा, जियाङ्सु प्रान्तको सुजोउ इन्स्टिट्युट अफ बायोमे्डिकल इन्जिनियरिङ एण्ड टेक्नोलोजीले एआई–आधारित ‘नेनी रोबोट’ विकास गरेको थियो, जसले कृत्रिम गर्भाशयमा भ्रूणको हेरचाह गर्थ्यो। तर चीनमा मानव भ्रूणलाई कृत्रिम गर्भाशयमा दुई हप्ताभन्दा बढी विकास गर्न कानुनी प्रतिबन्ध छ।

विशेषज्ञहरूले प्रविधि सफल भए पनि यसको दिगोपनाका लागि व्यापक नैतिक बहस, कडा कानुनी संरचना र सार्वजनिक सहमति आवश्यक रहेको चेतावनी दिएका छन्। परीक्षण र नियमनबिना यसको प्रयोग विवादास्पद रहने उनीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने