२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्प र पुटिन भेट्दै: ३०० किलोमिटर वरपर ‘नो-फ्लाई जोन’ कस्तो छ सुरक्षा व्यवस्था? अलास्का नै किन?

भेटवार्ता स्थलबाट ८८ किलोमिटर टाढा रुसी लडाकु विमानहरू तयारी अवस्थामा राखिनेछ। पुटिनको सुरक्षाका लागि उनको विशेष ‘एफएसओ’ (फेडरल प्रोटेक्टिभ सर्भिस) युनिट साथमा आउनेछ।आइस फोर्ट्रेस’ भनिने उक्त सैन्य अखडामा ३२ हजार अमेरिकी सैनिक पहिल्यैदेखि तैनाथ छन्
२०८२, ३१ श्रावण शुक्रबार १३:३८

काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज साँझ अलास्कामा भेटवार्ता हुने भएको छ। करिब ७ वर्षपछि हुन लागेको यो उच्चस्तरीय भेटवार्ताको मुख्य एजेन्डा सन् २०२२ देखि जारी रुस-युक्रेन युद्धलाई रोक्नु रहेको छ।

यो भेटवार्ता अलास्काको सबैभन्दा ठूलो शहर एन्कोरेजमा रहेको अमेरिकी सैन्य अड्डामा हुनेछ। सीएनएनका अनुसार बैठकको कोठामा ट्रम्प र पुटिनका साथमा दुई जना दोभासे मात्र रहनेछन्। दुई नेताबीच के कुरा हुन्छ भन्ने विवरण बाहिरिने छैन, तर भेटवार्तापछि दुवैले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन्।

 

यो भेटवार्ताको घोषणासँगै रुस र युक्रेनबीच आरोप-प्रत्यारोप तीव्र बनेको छ। पुटिन युक्रेनको करिब २० प्रतिशत भूभागलाई औपचारिक रूपमा रुसमा गाभ्न चाहन्छन् भने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आफ्नो देशको एक इन्च जमिन पनि नछोड्ने अडानमा छन्। राष्ट्रपति निर्वाचनको प्रचारका क्रममा ट्रम्पले आफू राष्ट्रपति बनेको २४ घण्टाभित्र रुस-युक्रेन युद्ध अन्त्य गर्ने वाचा गरेका थिए। तर, उनी राष्ट्रपति बनेको ६ महिनाभन्दा बढी भइसक्दा पनि वाचा पूरा हुन सकेको छैन।

यसबीचमा रुसले युक्रेनमाथि हवाई हमला थप तीव्र बनाएको छ। यसबाट रुष्ट ट्रम्पले रुसलाई शान्ति सम्झौताका लागि ५० दिनको समय दिएका थिए र युद्धविराममा सहमति नभए कडा अमेरिकी प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए। अगस्ट ८ मा उक्त समयसीमा समाप्त भएको थियो। समयसीमा सकिनु दुई दिनअघि अमेरिकी विशेष दूत स्टिभ विटकफले मस्कोमा पुटिनसँग भेट गरेका थिए। सोही भेटपछि ट्रम्प-पुटिन भेटको योजना बनेको हो। यद्यपि, ह्वाइट हाउसले यो भेटबाट तत्काल युद्धविरामको अपेक्षा नगरिएको स्पष्ट पारेको छ। उसका अनुसार भेटको उद्देश्य युद्ध अन्त्य गर्ने सम्भावित उपायहरू खोज्नु हो।

अलास्का नै किन?

बीबीसीका अनुसार ट्रम्प र पुटिनबीचको भेटका लागि अलास्का रोज्नुका मुख्य दुई कारण छन्। अलास्का रुसको सबैभन्दा नजिकको अमेरिकी भूभाग हो। रुसको चुकोटकाबाट अलास्का केवल ९० किलोमिटर टाढा छ। यसले पुटिनलाई कुनै ‘शत्रु’ देशको आकाश प्रयोग नगरी सीधै अलास्का पुग्न सहज बनाउँछ। साथै, यस क्षेत्रमा रुसका केही सैन्य निगरानी स्टेशन र एयरफोर्स बेसहरू पनि छन्, जसले पुटिनका लागि यो क्षेत्र सुरक्षित मानिन्छ। अलास्का युक्रेन र युरोपबाट निकै टाढा छ। पुटिन युरोपेली संघ र युक्रेनलाई बाहिर राखेर सीधै अमेरिकासँग वार्ता गर्न चाहन्छन्, र यो स्थान त्यसका लागि उपयुक्त छ।

कस्तो छ सुरक्षा व्यवस्था?

पुटिनको बख्तरबन्द लिमोजिन ‘अउरस सेनेट’ रुसी कार्गो विमानमार्फत सैन्य बेसमा पुगिसकेको छ। बैठकमा प्रयोग हुने पानीको बोतल र कपसमेत पुटिनको सुरक्षा टोलीले सिलबन्दी गर्नेछ। भेटवार्ता स्थलबाट ८८ किलोमिटर टाढा रुसी लडाकु विमानहरू तयारी अवस्थामा राखिनेछ। पुटिनको सुरक्षाका लागि उनको विशेष ‘एफएसओ’ (फेडरल प्रोटेक्टिभ सर्भिस) युनिट साथमा आउनेछ।

‘आइस फोर्ट्रेस’ भनिने उक्त सैन्य अखडामा ३२ हजार अमेरिकी सैनिक पहिल्यैदेखि तैनाथ छन्। सम्पूर्ण क्षेत्रको ३०० किलोमिटरको दायरामा ‘नो-फ्लाई जोन’ लागू गरिनेछ र सैन्य अड्डाभित्र र बाहिर दोहोरो सुरक्षा घेरा हुनेछ।

शान्ति वार्तामा मुख्य अड्चन के हो?

रुसले युक्रेनको क्रिमिया, डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिजिया लगायतका करिब २० भूभाग कब्जा गरेको छ। पुटिन यी क्षेत्रहरूलाई रुसको अभिन्न अंग मान्छन् र युक्रेनले ती भूभागमाथिको दाबी छाडेपछि मात्र शान्ति वार्ता सम्भव हुने बताउँदै आएका छन्। साथै, युक्रेन नेटोमा सामेल हुन नहुने उनको अर्को प्रमुख शर्त छ।

युक्रेनी राष्ट्रपति जेलेन्स्की युक्रेनको एक इन्च जमिन पनि रुसलाई दिन तयार छैनन्। उनले बिनाशर्त युद्धविराम र रुसी सेना फिर्ता हुनुपर्ने माग राखेका छन्। ट्रम्पले अगस्ट १३ मा जेलेन्स्कीसँगको भर्चुअल बैठकमा ‘जमिनको बदलामा शान्ति’को प्रस्ताव राखेका थिए, तर जेलेन्स्कीले त्यसलाई अस्वीकार गरेका थिए।

जर्मनी, बेलायत र फ्रान्सजस्ता प्रमुख युरोपेली देशहरू युक्रेनले आत्मसमर्पण गर्नुपर्ने पक्षमा छैनन्। उनीहरूले युक्रेनको सार्वभौमिकताको समर्थन गर्दै आएका छन्।

जर्मन चान्सलर फ्रेडरिक मर्ज, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों र बेलायती प्रधानमन्त्री कीर स्टार्मरले युक्रेनको सहमति र सुरक्षा ग्यारेन्टीबिना कुनै पनि सम्झौता मान्य नहुने स्पष्ट पारेका छन्। उनीहरूले युक्रेनलाई समर्थन जारी राख्न अमेरिकालाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना