२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्प–पुटिन भेट:बी२ बमवर्षक र ३५ लाइटनिङ फाइटर जेटले आकाशमा प्रदर्शन

३२ श्रावण २०८२, शनिबार ११:१५

काठमाडौँ । अलास्काको जोइन्ट बेस एल्मेन्डोर्फ–रिचर्डसनमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई शुक्रबार राति रेड कार्पेटमा स्वागत गरे। पुटिनको स्वागतका क्रममा अमेरिकी वायुसेनाका बी२ स्पिरिट स्टेल्थ बमवर्षक र चारवटा एफ ३५ लाइटनिङ फाइटर जेटले आकाशमा प्रदर्शन गरे।

लामो दूरीको आक्रमण क्षमताका लागि प्रसिद्ध बी२ बमवर्षक हालै मात्र इरानका आणविक स्थलहरूमा बम हान्न प्रयोग गरिएका थिए। पुटिनकोर्ताअघि नै ती बमवर्षक उक्त वेस क्याम्पमा तैनाथ थिए। यो उडानलाई नर्दन एज २०२५ अभ्यासको हिस्सा मानिए पनि धेरैले यसलाई अमेरिकाको सैन्य शक्तिको प्रदर्शनका रूपमा व्याख्या गरेका छन्। केही कूटनीतिज्ञले यसलाई ट्रम्पको एउटा चाल भनेका छन् ।

 

पुटिन आफ्नो एल९६–३०० पीयु विमानमा अङ्करेज पुगेका थिए । उनको प्रतिनिधिमण्डल बोकेको टीयु–२१४ विमान पनि साथमा थियो। स्वागतपछि संक्षिप्त टिप्पणी गर्दै राष्ट्रपति ट्रम्पले निकट भविष्यमा पुनः भेट हुने संकेत दिए। उनले भने, ‘हामी चाँडै फेरि कुरा गर्नेछौँु सम्भव भएसम्म चाँडै भेट्नेछौँ। धेरै धन्यवाद, भ्लादिमिर।’

जवाफमा राष्ट्रपति पुटिनले ‘अर्को पटक मस्कोमा’ भने। यसमा प्रतिक्रिया दिँदै ट्रम्पले मुस्कुराए, ‘त्यसमा म केही आलोचना खान सक्छु । तर यो सम्भव पनि हुनसक्छ।’ पुटिनकोर्ताअघिमा अमेरिकाले सैन्य शक्ति प्रदर्शन र कूटनीतिक सन्देश दुवै दिन खोजेको विश्लेषण गरिँदैछ।

प्रतिक्रिया

एकजना युक्रेनी सांसदले म्यासेजिङ एप टेलिग्राममार्फत तिखो प्रतिक्रिया दिएका छन् । युक्रेनका सांसद ओलेक्सी गोन्चारेन्कोले राष्ट्रपति पुटिनले अमेरिकाका राष्ट्रपति ट्रम्पसँग अलास्कामा भएको भेटमार्फत ‘केही समय किनेका’ भनेर प्रतिक्रिया दिएका छन्।

गोन्चारेन्कोले लेखेका छन् ‘कुनै युद्धविराम वा तनाव कम गर्ने सहमति भएको छैन। युक्रेनी सांसले भनेजस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले शिखर वार्तालाई उच्च अंक दिए पनि नतिजा भने निस्किएन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो