२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रुसले युक्रेनी सैन्य केन्द्रहरूमा गरेको आक्रमणमा १३०० भन्दा बढी युक्रेनी सैनिक मारिएको दाबी

५ भाद्र २०८२, बिहीबार १३:२२

काठमाडौँ | रुसले युक्रेनी सैन्य केन्द्रहरूमा गरेको आक्रमणमा १३०० भन्दा बढी युक्रेनी सैनिक मारिएको दाबी गरेको छ। रुसी रक्षा मन्त्रालयले जारी गरेको एक प्रतिवेदनअनुसार, पछिल्लो २४ घण्टामा रुसी सेनाले खार्कोभ, जापोरिजिया र खेरसनमा रहेका सैन्य केन्द्रहरूमा आक्रमण गरेको हो।

आक्रमणबाट ट्याङ्क, बख्तरबन्द गाडी, रकेट लन्चर, विद्युतीय युद्ध प्रणाली, गोलाबारुद भण्डार लगायतका सैन्य लक्ष्यहरू नष्ट गरिएको रिपोर्टमा उल्लेख छ। साथै, रुसी वायु रक्षा प्रणालीले एक रकेट र २१७ वटा ड्रोन खसालेको पनि दाबी गरिएको छ।

यता, युक्रेनी सशस्त्र बलले भने रुसको दाबीलाई खण्डन गर्दै आफ्नोतर्फबाट पनि जवाफी कारबाही गरिएको जनाएको छ। युक्रेनी सेनाका अनुसार अग्रमोर्चामा भएका १७५ भिडन्तमा करिब ८९० रुसी सैनिक हताहत भएका छन्। युक्रेनी वायुसेना, मिसाइल युनिट र तोपखानाले पनि रुसी सैन्य निशानाहरूलाई सफलतापूर्वक नष्ट गरेको बताइएको छ। युक्रेनले कुपियान्स्क र तोरेत्स्क क्षेत्रमा भएका कैयौँ रुसी आक्रमणलाई विफल पारेको पनि दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला