२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजा सहर खाली गर्न इजरायली सेनाको आग्रह

२४ भाद्र २०८२, मंगलवार १४:०१

इजरायली सेनाले उत्तरी गाजामा नियोजित विस्तारित सैन्य कारबाही अघि मङ्गलबार बिहान गाजा सहरलाई पूर्ण रूपमा खाली गर्न आग्रह गरेको छ ।

हालको लडाइँमा सहर पूर्ण निकासीका लागि दिइएको यो पहिलो चेतावनी हो ।

यसैबीच, रक्षामन्त्री इजरायल काट्जले मङ्गलबार इजरायलले गाजामा ३० वटा अग्ला भवन ध्वस्त पारेको बताउनुभयो । ती भवनलाई हमासले सैन्य पूर्वाधारका रूपमा प्रयोग गरेको आरोप छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार कम्तीमा ५० वटा ‘आतङ्ककारी टावर’ नष्ट गर्ने योजना रहेको बताउनुभएको थियो ।

पछिल्ला दिनहरूमा इजरायलले गाजा सहरका थुप्रै अग्ला भवनहरू भत्काएको छ, जसमा हमासले निगरानी पूर्वाधार स्थापना गरेको दाबी गरिएको छ ।

गाजा सहरका केही भागबाट दक्षिणतर्फ तोकिएको मानवीय क्षेत्रमा जान आग्रह गर्दै इजरायलले हमासको अन्तिम गढ मानिएको क्षेत्रमा आफ्नो नियन्त्रण विस्तार गर्ने उद्देश्यसहित आक्रमणलाई तीव्र पारेको छ ।

गाजा सहर क्षेत्रमा करिब १० लाख प्यालेस्टिनी रहेका छन्, तर चेतावनी आउनुअघि केवल सानो अंश मात्र त्यहाँबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला