२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजा सहर खाली गर्न इजरायली सेनाको आग्रह

२०८२, २४ भाद्र मंगलवार १४:०१

इजरायली सेनाले उत्तरी गाजामा नियोजित विस्तारित सैन्य कारबाही अघि मङ्गलबार बिहान गाजा सहरलाई पूर्ण रूपमा खाली गर्न आग्रह गरेको छ ।

हालको लडाइँमा सहर पूर्ण निकासीका लागि दिइएको यो पहिलो चेतावनी हो ।

यसैबीच, रक्षामन्त्री इजरायल काट्जले मङ्गलबार इजरायलले गाजामा ३० वटा अग्ला भवन ध्वस्त पारेको बताउनुभयो । ती भवनलाई हमासले सैन्य पूर्वाधारका रूपमा प्रयोग गरेको आरोप छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार कम्तीमा ५० वटा ‘आतङ्ककारी टावर’ नष्ट गर्ने योजना रहेको बताउनुभएको थियो ।

पछिल्ला दिनहरूमा इजरायलले गाजा सहरका थुप्रै अग्ला भवनहरू भत्काएको छ, जसमा हमासले निगरानी पूर्वाधार स्थापना गरेको दाबी गरिएको छ ।

गाजा सहरका केही भागबाट दक्षिणतर्फ तोकिएको मानवीय क्षेत्रमा जान आग्रह गर्दै इजरायलले हमासको अन्तिम गढ मानिएको क्षेत्रमा आफ्नो नियन्त्रण विस्तार गर्ने उद्देश्यसहित आक्रमणलाई तीव्र पारेको छ ।

गाजा सहर क्षेत्रमा करिब १० लाख प्यालेस्टिनी रहेका छन्, तर चेतावनी आउनुअघि केवल सानो अंश मात्र त्यहाँबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी