२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पाकिस्तानको दक्षिण वजिरिस्तानमा तालिबानकाे आक्रमण, १२ जनाकाे मृत्यु

२८ भाद्र २०८२, शनिबार १६:५७

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको दक्षिण वजिरिस्तान जिल्लामा शनिबार बिहान करिब ४ बजे पाकिस्तानी तालिबान समूहद्वारा गरिएको आक्रमणमा कम्तीमा १२ सुरक्षाकर्मीको ज्यान गएको छ।

स्थानीय सरकारी अधिकारीका अनुसार सैनिकहरूको एक गस्ती दल गुडिरहेको बेलामा दुवैपट्टिबाट भारी हतियारसहित आक्रमण गरिएको थियो। आक्रमणमा १२ सुरक्षाकर्मी मारिएका र अन्य ४ घाइते भएका छन्। घटनास्थलमा तैनाथ अर्का एक सुरक्षाकर्मीले पनि मृत्युको सङ्ख्या पुष्टि गरेका छन् र आक्रमणकारीहरूले सुरक्षाकर्मीहरूको हतियार पनि कब्जामा लिएको जानकारी दिनुभएका छन्।

पाकिस्तानी तालिबान, जसलाई तहरीक–ए–तालिबान पाकिस्तान भनिन्छ, यो समूह अफगान तालिबानबाट पृथक भए पनि घनिष्ठ सम्बन्ध रहेको मानिन्छ। उक्त आक्रमणको जिम्मेवारी सोही समूहले सामाजिक सञ्जालमार्फत लिएको छ।

यो आक्रमण पछिल्ला महिनाहरूमा खैबर पख्तुनख्वा प्रान्तमा भएको सबैभन्दा घातक घटनामध्ये एक हो। सो क्षेत्र केही वर्षअघिसम्म तहरीक–ए–तालिबानको प्रभावमा थियो, जसलाई सन् २०१४ देखि सुरु भएको सैनिक कारबाहीपछि पछि धकेलिएको थियो।

पाकिस्तानी सरकारले अफगानिस्तानमाथि आतंककारीहरूलाई आफ्नो भूमिबाट पाकिस्तानमाथि आक्रमण गर्न दिएको आरोप लगाउँदै आएको छ, जुन आरोपलाई काबुलस्थित अफगान सरकारले अस्वीकार गर्दै आएको छ।

खैबर पख्तुनख्वा प्रान्तका विभिन्न जिल्लाहरूमा स्थानीयहरूले तहरीक–ए–तालिबानको नाम लेखिएको पर्खाल लेखोटहरू देखिएको बताएका छन्। उनीहरू पुनः सोही समूहको त्रासद शासन फर्कने डर व्यक्त गर्छन्, जुन अमेरिकी ‘आतङ्कविरुद्धको युद्ध’ को समयमा अफगानिस्तानबाट फैलिएको थियो।

एक वरिष्ठ स्थानीय अधिकारीका अनुसार पछिल्लो समय तहरीक–ए–तालिबानका लडाकूहरूको सङ्ख्या र आक्रमणहरूको संख्या दुबै बढेको छ।

सन् २०२५ को जनवरी १ देखि हालसम्म करिब ४६० जनाको ज्यान गइसकेको छ, जसमा धेरैजसो सुरक्षाकर्मीहरू रहेका छन्। यी आक्रमणहरू खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा भएका हुन्।

सन् २०२४ पाकिस्तानका लागि झन्डै एक दशक यताकै सबैभन्दा रक्तपातपूर्ण वर्ष बनेको थियो, जसमा एक हजार ६०० भन्दा बढी मानिसको मृत्यु भएको थियो, तीमध्ये करिब आधा सुरक्षाकर्मी र प्रहरी थिए, जसको विवरण इस्लामाबादस्थित अनुसन्धान संस्था ‘सुरक्षा अध्ययन तथा अनुसन्धान केन्द्र’ले दिएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला