२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतीय सुरक्षा बलसँगको भिडन्तमा शीर्ष कमान्डरसहित तीन ‘नक्सलवादी’ विद्रोहीको मृत्यु

३० भाद्र २०८२, सोमबार १४:४२

भारतीय सुरक्षा बलले सोमबार एकजना शीर्ष कमान्डरसहित तीन जना ‘नक्सलवादी’ विद्रोहीलाई गोली हानेर मारेको छ । यो कारबाही सरकारको दशकौँदेखि चल्दै आएको विद्रोहलाई अन्त्य गर्ने प्रयासको हिस्सा हो ।

माओवादी विचारधाराबाट प्रेरित ‘नक्सलवादी विद्रोह’ सन् १९६७ मा हिमालयको फेदीमा रहेको नक्सालबारी गाउँबाट सुरु भएको थियो । त्यसयता विद्रोही, सुरक्षाकर्मी र सर्वसाधारण गरी १२ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।
ताजा भिडन्त झारखण्ड राज्यमा सोमबार बिहान भएको हो । भारतको केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) का अनुसार, यो अपरेशनलाई ‘महत्वपूर्ण सफलता’ का रूपमा हेरिएको छ ।
भीडन्तमा तीन जना ‘शीर्ष नक्सल कमान्डर’ मारिएको सीआरपीएफले जनाएको छ । मारिएका मध्ये एक सहदेव सोरेन थिए, जो नक्सलवादी सङ्गठनको केन्द्रीय समितिका सदस्य थिए । उनको पक्राउका लागि करिब एक लाख १३ हजार अमेरिकी डलर (भारतीय ९४ लाख) बराबरको इनाम तोकिएको थियो ।

केही दिनअघि मात्र ओडिशा र छत्तीसगढको जङ्गली सीमामा भएको अर्को भिडन्तमा सुरक्षाफौजले एक अर्का नक्सलवादी कमान्डरसहित नौ विद्रोहीलाई मारेको थियो ।
भारत सरकारले आगामी मार्च महिनासम्म विद्रोहलाई पूर्णरूपमा समाप्त गर्ने प्रतिबद्धता जनाएको छ ।

सन् २००० को दशकको मध्यतिर यो विद्रोहले देशको करिब एक तिहाइ भूभागमा नियन्त्रण कायम राखेको थियो र त्यसबेला १५–२० हजार जना लडाकु भएको अनुमान गरिएको थियो ।
‘रेड करिडोर’ नाम दिइएको क्षेत्रमा हाल भइरहेको व्यापक कारबाहीमा सरकारले गत वर्षदेखि अहिलेसम्म ४०० भन्दा बढी विद्रोहीलाई मारिएको जनाएको छ ।
यसै वर्ष मे महिनामा नक्सलवादी प्रमुख नाम्बाला केशव राव (उर्फ बसवराजु) २६ अन्य लडाकुसहित मारिएका थिए ।
यस सङ्घर्षमा सुरक्षाकर्मीहरू पनि धेरै चोटि निशाना बनेका छन् । गत जनवरीमा भएको सडकछेउ बम विस्फोटमा कम्तीमा ९ जना भारतीय सुरक्षाकर्मीको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला