२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजा सहरमा इजरायली सेनाको व्यापक आक्रमण, बासिन्दालाई सहर छाड्न चेतावनी

२०८२, ३१ भाद्र मंगलवार १४:२८

एक रातको तीव्र हवाई आक्रमणपछि इजरायली सेनाले मङ्गलबार गाजा सहरमा ‘हमासको सैन्य पूर्वाधार नष्ट गर्न’ व्यापक अपरेसन सुरु भएको घोषणा गर्दै बासिन्दाहरूलाई दक्षिणतर्फ सर्न चेतावनी दिएको छ ।

यो घोषणा सेनाका प्रवक्ता अविचे अद्राईले गर्नुभएको हो । यसअघि रक्षामन्त्री इजरायल काट्जले ‘गाजा जलिरहेको छ’ भन्नुभएको थियो ।

अपरेसनले इजरायल–हमास युद्धलाई थप तीव्र बनाएको छ र हप्तौँको कूटनीतिपछि पनि युद्धविराम सम्भावना अझ टाढिएको छ ।

– बन्धक परिवारको विरोध –

गाजामा अझै बन्धक रहेका परिवारहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निवास अगाडि भेला भई अपरेसन रोक्न माग गरेका छन् । कतिपयले पाल हालेर घरबाहिर रातभरै विरोध प्रदर्शन गरे ।

“मेरो एउटै चासो छ–मेरो छोरा मतानलाई बाँकी ४७ बन्धकसँग फर्काइयोस् र हाम्रा सैनिकहरू सुरक्षित घर फर्कून्”, आमा इनाभ जाङ्गाउकरले चिच्याउँदै भन्नुभयो ।

इजरायलको विश्वास अनुसार ४८ बन्धकमध्ये करिब २० जना जीवित छन् । तर हमासले स्थायी युद्धविराम, प्यालेस्टिनी कैदीहरूको रिहाइ र इजरायली फिर्तीसँग मात्र सम्झौता गर्ने अडान लिएको छ ।

गाजा युद्ध सन् २०२३ अक्टोबर ७ मा सुरु भएको हो । उक्त दिन हमास नेतृत्वको आक्रमणमा करिब एक हजार दुई सय इजरायली मारिए र दुई सय ५१ जना अपहृत भए । कतिपय बन्धकहरू कतार वा अन्य सम्झौतामार्फत आंशिक युद्धविराममा मुक्त भएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा कम्तीमा ६४ हजार आठ सय ७१ प्यालेस्टिनी मारिएका छन् । मृतकमध्ये महिला र बालबालिका लगभग आधा रहेको बताइएको छ ।

– इजिप्टको कडा चेतावनी –

इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले सोमबार कतार शिखर सम्मेलनमा इजरायललाई पहिलो पटक ‘शत्रु’ भन्दै सम्बोधन गर्नुभयो । सन् १९७९ को शान्ति सम्झौता पछि पहिलोपटक इजिप्टका नेताबाट यस्तो टिप्पणी आएको हो ।

इजिप्ट सरकारका सूचना प्रमुख दिया रस्वानले ‘इजिप्ट खतरामा परेको छ’ भन्दै इजरायलप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

– अमेरिकी चिन्ता –

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियो इजरायल भ्रमण सकेर कतार पुग्नुभएको छ । उहाँले गाजा अपरेसनलाई सङ्केत गर्दै ‘हामीसँग सम्झौताका लागि अब महिनौँ होइन, दिन वा हप्तामात्र बाँकी छ’ भन्नुभयो ।

रुबियोले युद्ध दीर्घकालीन बन्न नहुने भन्दै ‘हमासलाई अव्यवस्थित पार्न वार्तामार्फत समाधान होस्’ भन्ने अपेक्षा व्यक्त गर्नुभयो ।

– अपरेसन र क्षति –

इजरायली सेनाले हप्तौँदेखि दिएको चेतावनीपछि काट्जले अपरेसन सुरु भएको पुष्टि गर्नुभयो । “आतङ्कवादी पूर्वाधारमा फलामको मुठ्ठीले प्रहार भइरहेको छ । हामी मिशन पूरा नभएसम्म न त हार मान्छौँ न फर्किन्छौँ”, उहाँले भन्नुभयो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार गत महिनामा मात्र दुई लाख २० हजारभन्दा बढी प्यालेस्टिनी गाजाको उत्तरी भागबाट विस्थापित भएका छन् । अपरेसन अघि त्यहाँ करिब १० लाख बासिन्दा बसोबास गरेका थिए ।

मङ्गलबार बिहान गाजामा तीव्र आक्रमण भइरहेका समाचार आएका छन् । सहरको शिफा अस्पतालले कम्तीमा २० शव र ९० घाइतेको विवरण दिएको छ ।

“गाजामा निकै कठिन रात बित्यो, बम विस्फोट क्षणभर पनि रोकिएन”, अस्पताल निर्देशक डा मोहम्मद अबु सेलमियाहले भन्नुभयो ।

इजरायली सेनाले आक्रमणबारे प्रत्यक्ष टिप्पणी नगरे पनि विगतमा हमासले नागरिक क्षेत्रमा पूर्वाधार बनाएको आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी