२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

दक्षिण कोरियामा पूर्व प्रथम महिलासम्बन्धी अनुसन्धानः युनिफिकेसन चर्च नेताविरुद्ध गिरफ्तारी वारेन्ट माग

२ आश्विन २०८२, बिहीबार १५:२९

दक्षिण कोरियाली अनुसन्धानकर्ताहरूले बिहीबार युनिफिकेसन चर्चकी नेत्री हाक जा हानविरुद्ध गिरफ्तारी वारेन्टको माग गरेका छन्।

यो कदम जेलमा रहेका पूर्वराष्ट्रपति युन सुक येओलकी पत्नी किम केओन ही र एक सांसदलाई घुस दिएको आरोपबारे सोधपुछ भएको भोलिपल्ट आएको हो ।

हान चर्चका संस्थापक सन म्युङ मुनकी ८२ वर्षीया विधवा हुनुहुन्छ । उहाँले र चर्चले युनकी पत्नी किम र सांसद क्वोन सेओङ–डोङलाई घुस दिएको आरोप अस्वीकार गर्नुभएको छ । अदालतले सोमबार सुनुवाइ गरी गिरफ्तारी अनुमोदन गर्ने कि नगर्ने निर्णय गर्नेछ ।

किमलाई गत महिना घुसखोरी, स्टक हेरफेर र उम्मेद्वार चयनमा हस्तक्षेप गरेको अभियोगमा पक्राउ गरिएको थियो । उहाँका वकिलहरूले आरोप अस्वीकार गरेका छन् । सांसद क्वोन पनि यसै हप्ता पक्राउ पर्नुभएको थियो । उहाँमाथि पार्टीको सन् २०२३ को नेतृत्व दौड अघि चर्चबाट समर्थन र पैसा लिएको शङ्का गरिएको छ ।

यो अनुसन्धान सियोलको नयाँ उदार सरकारले सुरु गरेको तीन विशेष अभियोजक जाँचहरूमध्ये एक हो । अन्य जाँचहरूमा युनको मार्सल लको योजना र सन् २०२३ को बाढी उद्धार अभियानमा मृतकको ढाकछोपसम्बन्धी आरोप समावेश छन् । युनले अल्पकालीन रूपमा मार्सल ल लागू गरेपछि उहाँको महाभियोग भयो र गत अप्रिलमा पदच्युत गरियो ।

चर्चले हानको गिरफ्तारी प्रयासको आलोचना गर्दै उहाँ उडान जोखिम नभएको, प्रमाण नष्ट गर्ने खतरा नरहेको र मुटु उपचारपछि पनि अनुसन्धानमा सहयोग गरिरहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “स्पष्ट प्रमाण बिना अन्तर्राष्ट्रिय रूपमा सम्मानित धार्मिक नेत्रीविरुद्ध वारेन्ट माग गर्नु अत्यधिक कदम हो, जसले धार्मिक नेतालाई दिइने आधारभूत सम्मानलाई बेवास्ता गर्दछ ।”

अनुसन्धानकर्ताहरूको दाबीअनुसार किमले कम्बोडियामा चर्चको विकास परियोजनासम्बन्धी विलासी उपहारहरू स्वीकार गर्नुभएको थियो । त्यस्तै, एक चर्च अधिकारीमार्फत सांसद क्वोनलाई १० करोड वोन (करिब ७२ हजार चार सय डलर) घुस दिएको आरोप छ ।

हानलाई बुधबार करिब १० घण्टा सोधपुछ गरिएको थियो । उहाँ र चर्चले अधिकारीहरूले अधिकारको दुरुपयोग गरेको बताएका छन् ।

हान चर्चको शीर्ष नेत्री हुनुहुन्छ । आधिकारिक रूपमा ‘विश्व शान्ति र एकीकरणका लागि परिवार महासङ्घ’ भनेर चिनिने यो चर्च सन म्युङ मुनले सन् १९५४ मा स्थापना गर्नुभएको थियो । आफूलाई मसीहा घोषणा गर्ने मुनले लाखौँ अनुयायी, विशाल व्यापारिक चासो र सामूहिक विवाहका लागि चर्चलाई विश्वभर परिचित बनाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला