२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पद्वारा २३ देशलाई अवैध लागुऔषध ट्रान्जिट वा उत्पादक देश घोषणा, चीन र पाकिस्तान पनि समावेश

२ आश्विन २०८२, बिहीबार १६:५१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सदनमा पेस गरेको ‘प्रेसिडेन्सियल डिटरमिनेशन’ मा २३ वटा देशलाई प्रमुख लागुऔषध ट्रान्जिट वा अवैध लागुऔषध उत्पादक देशका रूपमा सूचीबद्ध गर्नुभएको छ ।

यी देशहरूमध्ये चीन, अफगानिस्तान, भारत र पाकिस्तान पनि परेका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकामा अवैध लागुऔषध व्यापारबाट उत्पन्न खतरालाई परास्त गर्ने दृढता व्यक्त गर्नुभएको छ ।

सूचीमा रहेका अन्य देशहरूमा बहामास, बेलिज, बोलिभिया, म्यान्मा, कोलम्बिया, कोस्टारिका, डोमिनिकन रिपब्लिक, इक्वेडर, एल साल्भाडोर, ग्वाटेमाला, हाइटी, होन्डुरस, जमैका, लाओस, मेक्सिको, निकारागुआ, पनामा, पेरु र भेनेजुएला समावेश छन् ।

राष्ट्रपति निर्णयमा अफगानिस्तान, बोलिभिया, म्यान्मा, कोलम्बिया र भेनेजुएलाले विगत १२ महिनामा अन्तर्राष्ट्रिय मादक पदार्थ विरोधी सम्झौताअन्तर्गतका दायित्व पूरा नगरेको र आवश्यक सुधारात्मक कदम चाल्न असफल भएको प्रष्ट रूपमा उल्लेख गरिएको छ ।

निर्णयमा भनिएको छ, “यस सूचीमा कुनै देशको उपस्थिति अनिवार्य रूपमा त्यस देशको लागुऔषध विरोधी प्रयास वा अमेरिकासँगको सहयोगको स्तरको प्रतिविम्ब होइन । भौगोलिक, व्यावसायिक र आर्थिक कारणहरूले गर्दा लागुऔषध वा पूर्ववर्ती रसायनहरू उत्पादन वा ट्रान्जिट गर्न सहज भएका कारण पनि सूचीमा राखिएको हो, चाहे त्यस देशले कडा लागुऔषध नियन्त्रण र कानूनी कार्यान्वयन गरिरहेको भए पनि ।”
यसअघि, भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले अन्य एजेन्सीसँग मिलेर चार महाद्वीपसम्म फैलिएको लागुऔषध तस्करी सिन्डिकेट ध्वस्त पारेको थियो । यो सिन्डिकेटले एन्क्रिप्टेड डिजिटल प्लेटफर्म, ड्रप शिपिङ मोडेल र क्रिप्टोकरन्सी प्रयोग गरेर औषधि तस्करी गर्दै आएको थियो ।

नयाँदिल्लीको बङ्गाली बजार नजिकै नियमित सवारी चेकिङका क्रममा कार्टेलको पर्दाफास भएको थियो । यसले भारत, अमेरिका, अस्ट्रेलिया र युरोपसम्म फैलिएको आपराधिक सञ्जाल प्रस्ट पारेको थियो । यसले एनसिबीको अन्तर्राष्ट्रिय स्तरमा अवैध फार्मा नेटवर्कविरुद्ध समन्वित कारबाही गर्ने क्षमतालाई पनि देखाएको छ ।

भारतस्थित अमेरिकी दूतावासले यस कारबाहीका लागि एनसिबीलाई धन्यवाद दिंदै भन्यो, “अवैध लागुऔषधबाट अमेरिकीहरूलाई जोगाउन र जीवन बचाउन सहयोग गरेकोमा एनसिबी र भारतीय अधिकारीहरूलाई धन्यवाद ! ”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला