२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

चमन सीमाबाट अफगान शरणार्थीको फिर्ता पुनः सुरु

४ आश्विन २०८२, शनिबार १७:५५

यस अघि भएको घातक बम विस्फोट पछि स्थगित भएको चमन सीमा हुँदै अफगान शरणार्थीहरूको फिर्ती शुक्रबार पुनः सुरु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । उक्त विष्पोटमा छ जनाको ज्यान गएको पाकिस्तानी पत्रिका डनले जनाइएको छ ।

सीमावर्ती सहरको ट्याक्सी स्टेसनमा शक्तिशाली विस्फोट भए पछि बिहीबार फिर्ता प्रक्रिया रोकिएको अधिकारीहरूले बताएका छन् । ठूलो सङ्ख्यामा अफगानहरू घर फर्कन पाकिस्तान–अफगान सीमामा भेला भएको अवस्थामा विष्फोट भए पछि स्वदेश फिर्ता स्थगित गरि उनीहरूको सुरक्षाका लागि उक्त स्थानबाट स्थानान्तरण गरिएको अधिकारीहरुले जनाएका छन् ।

सहायक आयुक्त चमन इम्तियाज बलूचले विस्फोटको पुष्टि गर्नु भएको छ भने प्रहरीले प्रारम्भिक अनुसन्धानले घटना स्थलका पसलहरू बाहिर विस्फोटक पदार्थहरू राखिएको जनाएको छ ।

सुरक्षा चिन्ता र कडा सीमा व्यवस्थापनको आवश्यकतालाई उद्धृत गर्दै पाकिस्तानले गत वर्ष कागजात विहीन अफगान नागरिकहरूलाई फिर्ता गर्ने अभियान सुरु गरेको थियो । सरकारी तथ्याङ्क अनुसार कानुनी कागजात बिना १० लाख भन्दा बढी अफगानीहरू पाकिस्तानमा बसिरहेका छन् ।

यो नीति लागु भएदेखि दशौँ हजारलाई चमन र तोरखाम सीमाबाट स्वदेश फिर्ता गरिएको डनले जनाएको छ । अधिकारीहरूले अभियानको उद्देश्य वैध भिसा र शरणार्थी कार्ड भएका व्यक्तिहरूको मात्र पाकिस्तान बसाइ सुनिश्चित गरी गैर कानुनी रुपमा बस्दै आएकाहरुलाई फिर्ता गर्नु रहेको जनाएका छन् ।

यद्यपि, मानव अधिकारबादीहरुले नीतिलाई अप्रत्यासित तथा कठोर भन्दै आर्थिक कठिनाइ र आधारभूत सेवाको अभावका कारण अफगानिस्तानहरुले अनिश्चित भविष्यको सामना गर्नु परेको चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला