२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकी सांसद : चीनसँगको व्यापार द्वन्द्व समाधान गर्न अझ धेरै काम आवश्यक

२०८२, ९ आश्विन बिहीबार १५:३८

चीन भ्रमणमा रहेका अमेरिकी कंग्रेसको प्रतिनिधिमण्डल प्रमुखले बिहीबार प्रशान्तपारिका दुवै देशका कम्पनीहरूलाई कठिनाइमा पारेको अमेरिका–चीन व्यापार द्वन्द्व समाधानका लागि अझ धेरै काम गर्नुपर्ने बताएका छन् ।

वासिङ्टन राज्यका डेमोक्रेट सांसद एडम स्मिथले पाँच दिने भ्रमणको अन्त्यमा भन्नुभयो, “यद्यपि दुई अर्थतन्त्रबीच ठूलो परिमाणमा व्यापार भइरहेको छ, अझै पनि समस्याहरू समाधान गर्न धेरै काम गर्न बाँकी छ । चीन, अमेरिका र विश्वले केही मतभेदहरू हल गरेर मिलेर काम गर्दा ठूलो लाभ लिन सक्छन् ।”

स्मिथसहित डेमोक्रेट सांसद रो खन्ना र क्रिसी हौलहान तथा रिपब्लिकन सांसद माइकल बाउमगार्टनरले साङ्घाईमा अमेरिकन चेम्बर अफ कमर्ससँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्नुभएको थियो । उहाँहरूलाई कार्यालय भवनको लबीमा स्टारबक्समा कफी खाँदै गरेको पनि देखिएको थियो ।

स्मिथले प्रतिनिधिमण्डलको भ्रमणको मुख्य उद्देश्य सरकारबीच सञ्चारका मार्गहरू खोल्नु रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वका दुई ठूला आणविक शक्तिहरूबीच विशेष गरी मतभेद भएका विषयमा निरन्तर संवाद आवश्यक छ ।”

प्रतिनिधिमण्डलले तीन दिनसम्मको बैठकमा बेइजिङमा प्रधानमन्त्री ली किआङ, विदेशमन्त्री वाङ यी, रक्षामन्त्री डोङ जुनसहितका शीर्ष नेतासँग भेटवार्ता गरेको थियो ।

यो भ्रमण सन् २०१९ पछि अमेरिकी कंग्रेसका सदस्यहरूको पहिलो चीन भ्रमण हो । सन् २०२३ मा अमेरिकी सिनेटको प्रतिनिधिमण्डलले चीनको भ्रमण गरेको थियो ।

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबर अन्त्यमा दक्षिण कोरियामा हुने क्षेत्रीय शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्ने योजना सुनाउनुभएको छ र आगामी वर्षको सुरुआतमा चीन भ्रमण गर्ने बताउनुभएको छ । तर चिनियाँ पक्षले बैठकको पुष्टि गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी