२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिने

२०८२, २७ आश्विन सोमबार १३:३३

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई गाजाबाट बन्धकहरूको रिहाइमा महत्त्वपूर्ण भूमिका खेलेको र युद्ध अन्त्यका प्रयासमा योगदान पुर्‍याएको भन्दै देशको सर्वोच्च नागरिक सम्मान ‘इजरायली प्रेसिडेन्सियल मेडल अफ अनर’ प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

राष्ट्रपति हर्जोगले सोमबार आफ्नो कार्यालयमार्फत जारी गरिएको विज्ञप्तिमा भन्नुभयो, “आफ्नो अथक र निष्ठापूर्ण प्रयासद्वारा राष्ट्रपति ट्रम्पले हाम्रा प्रियजनहरूलाई घर फर्काउन मात्र सहयोग गर्नुभएन, उहाँले सुरक्षा, सहकार्य र शान्तिपूर्ण भविष्यमा आधारित नयाँ मध्यपूर्वको युगको जग समेत बसाल्नुभएको छ ।”

हर्जोगका अनुसार यो पुरस्कार ‘आगामी महिनाहरूमा’ प्रदान गरिनेछ । अमेरिकी राष्ट्रपति ट्रम्पको हालैको इजरायल भ्रमणका क्रममा हर्जोगले उहाँलाई यसबारे औपचारिक रूपमा जानकारी गराउनुभएको बताइएको छ ।

सोमबार इजरायल र हमासबीच ट्रम्पले प्रस्ताव गर्नुभएको शान्ति योजनाको पहिलो चरणको भागस्वरूप बन्धक–कैदी आदानप्रदान प्रक्रिया आरम्भ हुने तयारी भइरहेको पनि बताइएको छ ।

ट्रम्पको २० बुँदे शान्ति योजनाले इजरायल र हमासबीच सन् २०२३ अक्टोबर ७ मा सुरु भएको र दुई वर्षभन्दा बढी समयदेखि जारी युद्धको अन्त्य गर्ने लक्ष्य लिएको छ । सो दिन प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमा अभूतपूर्व आक्रमण गरेको थियो । त्यसपछि निरन्तर द्वन्द्व जारी रहँदै आएको हो ।

इजरायल भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले बन्धक परिवारका सदस्यहरूसँग भेटवार्ता गर्ने र इजरायली संसद् (नेसेट) लाई सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

राष्ट्रपति हर्जोगले भन्नुभयो, “यो सम्मान ती महान् व्यक्तित्वहरूलाई प्रदान गरिन्छ जसले इजरायल राज्य वा सम्पूर्ण मानव जातिको हितका लागि असाधारण योगदान पु¥याएका हुन्छन् ।”

यसअघि सन् २०१३ मा इजरायलले पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पनि यही पुरस्कार प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी