२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिने

२७ आश्विन २०८२, सोमबार १३:३३

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई गाजाबाट बन्धकहरूको रिहाइमा महत्त्वपूर्ण भूमिका खेलेको र युद्ध अन्त्यका प्रयासमा योगदान पुर्‍याएको भन्दै देशको सर्वोच्च नागरिक सम्मान ‘इजरायली प्रेसिडेन्सियल मेडल अफ अनर’ प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

राष्ट्रपति हर्जोगले सोमबार आफ्नो कार्यालयमार्फत जारी गरिएको विज्ञप्तिमा भन्नुभयो, “आफ्नो अथक र निष्ठापूर्ण प्रयासद्वारा राष्ट्रपति ट्रम्पले हाम्रा प्रियजनहरूलाई घर फर्काउन मात्र सहयोग गर्नुभएन, उहाँले सुरक्षा, सहकार्य र शान्तिपूर्ण भविष्यमा आधारित नयाँ मध्यपूर्वको युगको जग समेत बसाल्नुभएको छ ।”

हर्जोगका अनुसार यो पुरस्कार ‘आगामी महिनाहरूमा’ प्रदान गरिनेछ । अमेरिकी राष्ट्रपति ट्रम्पको हालैको इजरायल भ्रमणका क्रममा हर्जोगले उहाँलाई यसबारे औपचारिक रूपमा जानकारी गराउनुभएको बताइएको छ ।

सोमबार इजरायल र हमासबीच ट्रम्पले प्रस्ताव गर्नुभएको शान्ति योजनाको पहिलो चरणको भागस्वरूप बन्धक–कैदी आदानप्रदान प्रक्रिया आरम्भ हुने तयारी भइरहेको पनि बताइएको छ ।

ट्रम्पको २० बुँदे शान्ति योजनाले इजरायल र हमासबीच सन् २०२३ अक्टोबर ७ मा सुरु भएको र दुई वर्षभन्दा बढी समयदेखि जारी युद्धको अन्त्य गर्ने लक्ष्य लिएको छ । सो दिन प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमा अभूतपूर्व आक्रमण गरेको थियो । त्यसपछि निरन्तर द्वन्द्व जारी रहँदै आएको हो ।

इजरायल भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले बन्धक परिवारका सदस्यहरूसँग भेटवार्ता गर्ने र इजरायली संसद् (नेसेट) लाई सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

राष्ट्रपति हर्जोगले भन्नुभयो, “यो सम्मान ती महान् व्यक्तित्वहरूलाई प्रदान गरिन्छ जसले इजरायल राज्य वा सम्पूर्ण मानव जातिको हितका लागि असाधारण योगदान पु¥याएका हुन्छन् ।”

यसअघि सन् २०१३ मा इजरायलले पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पनि यही पुरस्कार प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला