२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

थाइल्यान्ड–कम्बोडिया ’शान्ति सम्झौता’ हस्ताक्षरमा ट्रम्प सहभागी हुने

२०८२, २८ आश्विन मंगलवार १३:४९

दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको आगामी शिखर सम्मेलनमा हुने थाइल्यान्ड र कम्बोडियाबिचको शान्ति सम्झौताको औपचारिक हस्ताक्षर कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सहभागी हुने आयोजक राष्ट्र मलेसियाका विदेश मन्त्री मोहम्मद हसनले मङ्गलबार बताउनु भएको छ ।

गत जुलाईमा थाइल्यान्ड र कम्बोडियाबिचको तनाव दशककै सबैभन्दा घातक सैन्य झडपमा परिणत हुँदा ४० जना भन्दा बढी मानिसहरु मारिनुका साथै करिब ३ लाख मानिसहरु विस्थापित भई आफ्नो घर छोड्न बाध्य भएको जनाइएको छ ।

लडाइँ पछि, पनि एक अर्कालाई बारम्बार युद्धविराम उल्लङ्घनको आरोप लगाएका दुबै राष्ट्रहरु पछिल्लो समयमा युद्धविराममा सहमत भएका छन् ।

डोनाल्ड ट्रम्प “थाइल्यान्ड–कम्बोडिया शान्ति सम्झौता हेर्न उत्सुक रहेको मोहम्मद हसनले क्वालालम्पुरमा पत्रकार सम्मेलनमा बताउनु भएको हो ।

अक्टोबर २६–२८ मा मलेसियाको राजधानीमा हुने दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको साझा सङ्गठन (आसियान) को शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपतिले ट्रम्प पनि सहभागी हुने अपेक्षा गरिएको छ ।

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले द्वन्द्व अन्त्य गर्ने “नवीन कूटनीति“ को श्रेय दिँदै अमेरिकी राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरेको बताउनु भएको छ ।

थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले गत हप्ता आफूले ट्रम्पबाट एउटा पत्र प्राप्त गरेको र उहाँले दुई छिमेकी बिचको तनाव समाधान गर्न चाहेको बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट