२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजाको राफा नाका बुधबारदेखि खोलिने, छ सय सहायता सवारी प्रवेश गर्ने तयारी

२९ आश्विन २०८२, बुधबार १२:५०

इजरायलले गाजाको राफा नाका बुधबारदेखि पुनः खोल्ने निर्णय गरेको छ, जसबाट इजिप्ट हुँदै गाजामा मानवीय सहयोगका सामग्री पठाइने छन् । इजरायली सार्वजनिक प्रसारण संस्थाका अनुसार, संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय संस्था, निजी क्षेत्र र दातृ राष्ट्रहरूले पठाउने करिब ६ सय सवारी साधन गाजातर्फ पठाइने तयारी भइरहेको छ ।

गाजामा दुई वर्षदेखि जारी द्वन्द्वका कारण खाद्यान्न, औषधि र अन्य आधारभूत सेवाको गम्भीर अभाव भएको छ । संयुक्त राष्ट्रसंघ र विभिन्न सहयोगी संस्थाहरूले बारम्बार राफा नाका खोल्न आग्रह गर्दै आएका थिए ।
संयुक्त राष्ट्रसंघले गत साउन महिनामा गाजामा दुर्भिक्ष भएको घोषणा गरे पनि इजरायलले त्यो दाबी अस्वीकार गरेको थियो ।

राफा नाका खोल्ने निर्णय इजरायली राजनीतिक नेतृत्वको सहमतिमा गरिएको हो । यो निर्णय हमासले मङ्गलबार राति थप चार जना बन्धकको शव फिर्ता गरेपछि लिइएको हो । हालै सुरु भएको युद्धविराम सम्झौताअनुसार, हमासले सबै बन्धकहरू जिउँदो वा मृत — ७२ घण्टाभित्र फिर्ता गर्नुपर्ने शर्त रहेको छ ।

हालसम्म हमासले २० जना जिउँदो बन्धकहरू फिर्ता गरिसकेको छ, तर २८ जना मृतकहरूमध्ये केवल ८ जनाको मात्र शव फिर्ता गरिएको छ ।
इजरायलका राष्ट्रिय सुरक्षामन्त्री इतामार बेन गभिरले यदि बाँकी बन्धकहरूको शव फिर्ता नगरिएमा गाजामा सहायता बन्द गरिने चेतावनी दिनुभएको छ ।

इजरायली सञ्चार माध्यमका अनुसार, बुधबार थप चार जना बन्धकको शव फिर्ता हुने जानकारी पाएपछि राफा नाका खोल्ने निर्णय गरिएको हो । यद्यपि, हमासले यसबारे अहिलेसम्म आधिकारिक पुष्टि गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला