२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजा सम्झौता उल्लङ्घन गरे हमासको ‘अन्त्य’ हुने ट्रम्पको चेतावनी

२०८२, ५ कार्तिक मंगलवार १३:४७

हमासले इजरायलसँगको गाजा सम्झौता उल्लङ्घन गर्यो भने यसलाई यसलाई पूर्ण रूपमा ‘अन्त्य’ गरिनेछ, तर प्यालेस्टिनी लडाकू समूहलाई युद्धविरामको सम्मान गर्ने मौका दिनेछन्।

ट्रम्पको टिप्पणीलगत्तै उपराष्ट्रपति जेडी भान्स इजरायल जानुभएको छ।सप्ताहन्तमा भएको हिंसाले युद्धविराम सम्झौतामा प्रश्नचिन्ह खडा गरेपछि उहाँसहित यसपहिले नै इजरायलमा पुगेका दुई शीर्ष अमेरिकी दूतहरू इजरायलमा रहनुभएको हो ।

ह्वाइट हाउसमा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई स्वागत गर्दै ट्रम्पले भन्नुभयो, “हामीले हमाससँग सम्झौता गरेका छौँ उनीहरूले धेरै राम्रो व्यवहार गर्नेछन् अन्यथा उनीहरूले नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ।”

उहाँले भन्नुभयो, “यदि तिनीहरूले सम्झौताको पालना गरेनन् भने अमेरिका त्यहाँ जानेछ र हामी तिनीहरूलाई निर्मूल पारिनेछ। उनीहरूलाई यो थाहा छ।”

ट्रम्पले करिब दुई साताअघि गाजा सम्झौतामा मध्यस्थता गर्न सहयोग गर्नुभएको थियो । तर इजरायलले हमासलाई मृत बन्धक हस्तान्तरण गर्न ढिलाइ गरी आक्रमण सुरु गरेको आरोप लागेको छ । सम्झौताको बारम्बार उल्लङ्घन गरिएमा सम्झौता भङ्ग हुने जोखिम रहनेछ।

यद्यपि, हमासका शीर्ष वार्ताकार खलिल अल–हयाले इजिप्टको अल–काहेरा न्यूजसँग भन्नुभयो,“समूह अझै पनि युद्धविराम सम्झौतामा प्रतिबद्ध छ।”

“हामीलाई शव निकाल्न निकै गाह्रो भइरहेको छ, तर हामी गम्भीर छौँ र तिनीहरूलाई निकाल्न कडा मेहनत गरिरहेका छौँ,” उहाँले मङ्गलबार बिहान प्रसारित टिप्पणीमा भन्नुभयो ।

उहाँले भन्नुभयो, “गाजा सम्झौता कायम रहनेछ, किनकि हामी यो चाहन्छौं र यसको पालना गर्ने हाम्रो दृढ इच्छा छ।”

ट्रम्पले लडाकू समूहलाई आफ्ना प्रतिद्वन्द्वीहरू र कथित सहयोगीहरूको सार्वजनिक मृत्युदण्ड रोक्न चेतावनी पनि दिनुभएको छ। हमासले ध्वस्त क्षेत्रमा आफ्नो पकड पुनः स्थापित गर्न खोजिरहेको र प्रतिद्वन्द्वीलाई निशाना बनाइरहेको छ।

यद्यपि ट्रम्पले हमासबिरूद्ध अमेरिकी सेना संलग्न नहुने कुरामा जोड दिँदै गाजाको स्थायित्वका लागि अन्तर्राष्ट्रिय सेनामा सामेल हुन सहमत भएका दर्जनौं देशहरूसँग संलग्न हुने र सहयोग गर्ने बताउनुभयो ।

ट्रम्पले भन्नुभयो, “यदि मैले उनीहरूलाई गाजामा प्रवेश गर्न भनेँ भने इजरायल दुई मिनेटमा भित्र जान्छ ।”

राष्ट्रपति ट्रम्पले भन्नुभयो, “तर अहिले, हामीले त्यसो भनेका छैनौं। हामी समूहलाई मौका दिइरहेका छौँ आशा छ हिंसा कम हुँदै जानेछ । तर अहिले, तपाईंलाई थाहा छ, तिनीहरू हिंस्रक मानिसहरू हुन्।”

“तिनीहरू धेरै उग्र भए, उनीहरूले उनीहरूले गर्न नहुने काम गरेभने हामी गाजामा जान इजरायललाई अनुमति दिनेछौँ। त्यसपछिको परिस्थिति धेरै छिटो र धेरै हिंस्रक हुनसक्छ ।”

ट्रम्पले हमास अब निकै कमजोर भएको र खासगरी क्षेत्रीय समर्थक इरानले यस वर्ष अमेरिका र इजरायली आक्रमणपछि आफ्नो पक्षमा कदम चाल्ने सम्भावना नरहेको पनि बताउनुभयो ।

“उनीहरूसँग अब वास्तवमा कसैको समर्थन छैन। तिनीहरू सुध्रिनुुपर्दछ र यदि त्यसो गरेनन् भने तिनीहरू निर्मूल हुनेछन्,” राष्ट्रपति ट्रम्पले जोड दिनुभयो।

प्रधानमन्त्रीको कार्यालयका प्रवक्ताका अनुसार ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र सल्लाहकार ज्वाइँ जारेड कुश्नरले सोमबार नेतान्याहूसँग भेट गरी ’क्षेत्रीय विकास र अपडेट’ बारे छलफल गर्नुभएको थियो।

भान्स र उहाँकी पत्नी विहानै पत्रकारहरूसँग कुनै टिप्पणी नगरी वाशिङ्गटनबाट इजरायल जानुभएको छ। उहाँहरुले नेतान्याहुसँग पनि भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी