२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

शेख हसिनाको चेतावनी : ‘अवामी लिग बिना निर्वाचनले बङ्गलादेशमा विभाजनको बीज रोप्नेछ’

१३ कार्तिक २०८२, बुधबार १३:१९

बङ्गलादेशकी फरार पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्नो पार्टी अवामी लिगबिना हुने आगामी निर्वाचनले देशमा नयाँ विभाजनको ‘बीज रोप्ने’ चेतावनी दिनुभएको छ ।

उहाँले एएफपीलाई पठाउनुभएको लिखित प्रतिक्रियामा, आफ्नो पतनपछि पहिलो पटक सार्वजनिक रूपमा बोल्दै मानवता विरुद्धको अपराधको मुद्दालाई ‘न्यायशास्त्रको मजाक’ र ‘पूर्वनिर्धारित फैसला’ भन्दै कडा आलोचना गर्नुभयो ।

सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहपछि उहाँको १५ वर्ष लामो शासन अन्त्य भएको थियो । भीडले सरकारी निवासमा आक्रमण गरेपछि उहाँ हेलिकप्टरमार्फत देशबाट भाग्नुभएको थियो । संयुक्त राष्ट्रसङ्घका अनुसार आन्दोलनमा दमनका क्रममा करिब एक हजार ४०० जनाको मृत्यु भएको थियो । यो अहिले उहाँमाथि चलिरहेको मुद्दाको केन्द्र विषय बनेको छ ।

७८ वर्षीया हसिनाले अहिले भारतमा शरण लिइरहनुभएको छ । उहाँले आफूविरुद्धको आरोपलाई राजनीतिक प्रतिशोधको परिणाम बताउँदै भन्नुभयो, “ममाथि लगाइएका सबै आरोपहरू पूर्ण रूपमा अस्वीकार्य र प्रमाणरहित छन् । यो अनिर्वाचित प्रशासनले तयार पारेको राजनीतिक षड्यन्त्र हो ।”

उहाँले भन्नुभयो, “अवामी लिगको सहभागिताबिना हुने निर्वाचन विश्वसनीय हुन सक्दैन । यस्ता कदमले देशमा भविष्यको विभाजन र अस्थिरताको बीज रोप्नेछ ।”

नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा बनेको अन्तरिम सरकारले मे महिनामा अवामी लिगमाथि आतङ्कवाद विरोधी ऐन अन्तर्गत प्रतिबन्ध लगाएको थियो । यसलाई ह्युमन राइट्स वाचले ‘कठोर र अलोकतान्त्रिक’ भन्दै निन्दा गरेको थियो ।

हसिनाले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि सबै दलहरूको प्रत्यक्ष सहभागिता आवश्यक रहेको बताउँदै भन्नुभयो, “निर्वाचन भनेको विचारहरूको प्रतिस्पर्धा हो । तपाईंले कुनै पार्टीलाई मन नपरेर बहिष्कार गर्न सक्नुहुन्न ।”

उहाँले विद्रोहका दिनहरू सम्झँदै भन्नुभएको छ, “ती डरलाग्दा क्षणहरूमा ज्यान गुमाएका सबैका लागि म गहिरो शोक व्यक्त गर्छु ।” उहाँले आफ्नो शासनकालमा भएका गल्तीहरू स्वीकार गर्दै पनि भन्नुभयो, “केही त्रुटिहरू आदेशको शृङ्खलामा भएका थिए, तर निर्णयहरू सद्भावका साथ, हिंसा घटाउने उद्देश्यले गरिएका थिए ।”

अभियोजन पक्षले अदालतमा प्रहरीद्वारा प्रमाणित अडियो टेप प्रस्तुत गरेको छ, जसमा हसिनाले सुरक्षाकर्मीहरूलाई प्रदर्शनकारीहरू विरुद्ध ‘घातक हतियार प्रयोग गर्न’ आदेश दिएको उल्लेख छ । तर उहाँले ती रेकर्डिङलाई ‘सन्दर्भबाट बाहिर निकालिएको’ बताउनुभयो ।

उहाँले हालै आफ्ना समर्थकमाथि भइरहेको दमनलाई पनि औँल्याउँदै भन्नुभयो, “अपरेसन डेभिल हन्ट नामक कारबाहीमा हजारौँ अवामी लिग कार्यकर्ता पक्राउ परेका छन्, यो पूर्ण रूपमा राजनीतिक सफाया हो ।”

यसैबीच, उहाँले आफ्नै शासनकालमा बेपत्ता भएका नागरिकहरूको विषयमा कुनै प्रतिक्रिया जनाउनुभएको छैन । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) मा अवामी लिगका वकिलहरूले हालै ‘प्रतिशोधात्मक हिंसा’ का घटनाहरूको अनुसन्धानको माग गरेका छन् ।

नोभेम्बर १३ मा फैसला हुने यो मुद्दामा दोषी ठहरिए मृत्युदण्ड हुन सक्ने बताइएको छ । त्यसबारे हसिनाले भन्नुभयो, “दुःखको कुरा, फैसला पहिले नै तय भइसकेको छ, त्यसैले जब त्यो आउँछ, म आश्चर्यचकित हुनेछैन ।”

भविष्यमा राजनीतिमा फर्कनेबारे प्रश्न गर्दा उहाँले जवाफ दिनुभयो, “मेरो प्राथमिकता बङ्गलादेशको स्थिरता र जनताको कल्याण हो, व्यक्तिगत सत्ता होइन ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’