२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘समय नमिलेका कारण’ किमसँग भेट सम्भव भएन– ट्रम्प

१३ कार्तिक २०८२, बुधबार १६:२३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफ्नो दक्षिण कोरिया भ्रमणका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटघाट सम्भव नभएको बताउनुभएको छ । उहाँका अनुसार, ‘समयले साथ नदिँदा’ दुवै नेताको भेटको तालिका मिल्न सकेन ।

ट्रम्पले यसअघि आफ्नो एसिया भ्रमणकै क्रममा किमलाई ‘भेट्न चाहने’ इच्छा व्यक्त गर्नुभएको थियो । यो ह्वाइट हाउसमा आफ्नो अघिल्लो कार्यकालपछि हुने सम्भावित पहिलो भेट हुने थियो । यद्यपि उत्तर कोरियाले सो निमन्त्रणालाई सार्वजनिक रूपमा पुष्टि गरेको छैन ।

दक्षिण कोरियामा ट्रम्पको आगमन हुनुअघि नै प्योङयाङले पश्चिमी तटबाट क्रुज मिसाइल परीक्षण गरेको घोषणा गरेको थियो । उत्तर कोरियाले यसलाई आफ्ना ‘शत्रुहरूलाई चेतावनी दिने सन्देश’ का रूपमा प्रस्तुत गरेको थियो ।

“म किम जोङ उनलाई राम्ररी चिन्छु… हामीले केवल समय मिलाउन सकेनौँ”, ट्रम्पले सञ्चारकर्मीहरूसँग भन्नुभयो । उहाँले दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङसँगको भेटमा कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरता कायम गर्ने लक्ष्य राखिएको पनि बताउनुभयो ।

राष्ट्रपति लीले ट्रम्पको पहलको प्रशंसा गर्दै भन्नुभयो, “किम जोङ उनलाई पठाइएको निमन्त्रणाले कोरियाली प्रायद्वीपमा न्यानो र शान्तिको वातावरण सिर्जना गरेको छ ।” दक्षिण कोरिया अझै प्राविधिक रूपमा उत्तर कोरियासँग युद्धको अवस्थामै रहेको छ ।

ट्रम्पले यसअघि नै ‘निकट भविष्यमा’ किमसँग भेट्ने अपेक्षा व्यक्त गर्नुभएको थियो । उहाँले एयर फोर्स वनमा सञ्चारकर्मीहरूसँग भन्नुभएको थियो, “कुनै समय, हामी उत्तर कोरियासँग संलग्न हुनेछौँ । मलाई लाग्छ, उनीहरू पनि चाहन्छन्, म पनि चाहन्छु ।”

स्मरणीय छ, ट्रम्प र किमबीच अमेरिकी राष्ट्रपतिको पहिलो कार्यकालमा तीन पटक उच्चस्तरीय शिखर बैठकहरू भएका थिए । सन् २०१९ मा दुई देशबीचको सीमारेखा डिमिलिट्राइज्ड जोन (डिएमजेड) स्थित पान्मुन्जोममा भएको अन्तिम भेट सर्वाधिक ऐतिहासिक मानिन्छ ।

त्यो भेटअघि ट्रम्पले ट्विटरमार्फत अचानक निमन्त्रणाको घोषणा गर्नुभएको थियो । त्यसपछि दुवै नेताले उत्तर र दक्षिणलाई विभाजन गर्ने कन्क्रिट स्ल्याबमाथि हात मिलाउनुभएको थियो । सो क्रममा ट्रम्प केही कदम प्योङयाङतर्फ अघि बढ्दै उत्तर कोरियाको भूमिमा पाइला टेक्ने पहिलो अमेरिकी राष्ट्रपति बन्नुभएको थियो ।

तर उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमको कति भाग त्याग्ने र त्यसको सट्टामा पाउने राहतका विषयमा सहमति हुन नसकेपछि ती वार्ताहरू अन्ततः असफल भए । त्यसपछि प्योङयाङले आफूलाई ‘अपरिवर्तनीय आणविक शक्ति सम्पन्न राष्ट्र’ घोषणा गरेको थियो ।

ट्रम्प र किमबीचको पुनः सम्भावित भेटबारे कूटनीतिक वृत्तमा चासो बढिरहेको भए पनि हालको राजनीतिक र सुरक्षागत परिस्थिति अझै अनुकूल नभएको विश्लेषकहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला