२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अफगानिस्तान–पाकिस्तान शान्ति वार्ता पुनः असफल

२०८२, २३ कार्तिक शनिबार १२:५१

अफगानिस्तानको तालिबान सरकारले शनिबार पाकिस्तानसँग भएको पछिल्लो चरणको शान्ति वार्ता पुनः असफल भएको पुष्टि गर्दै इस्लामाबादको ‘गैरजिम्मेवारपूर्ण र असहयोगी व्यवहार’ लाई मुख्य कारण ठहर गरेको छ ।

काबुलले वार्ता असफल भएपछि दुवै देशबीच पुनः हिंसा भड्किने डर व्यक्त गरेको छ ।

दक्षिण एसियाली छिमेकी दुवै मुलुकबीच गत अक्टोबर १९ मा कतारमा युद्धविरामका लागि प्रारम्भिक सहमति भएको थियो । उक्त समझदारीलाई अन्तिम रूप दिन दुई देशका प्रतिनिधिहरूले बिहीबार टर्कीमा भेट गरेका थिए । तर लामो समयदेखि सुरक्षा विषयमा मात्र केन्द्रित रहँदै आएको वार्ताको ठोस विवरण दुवै पक्षले सार्वजनिक गरेका छैनन् ।

“वार्ताका क्रममा पाकिस्तानी प्रतिनिधिहरूले आफ्नो सुरक्षाको सम्पूर्ण जिम्मेवारी अफगानिस्तानमाथि थोपर्ने प्रयास गरेका थिए, तर न त आफ्नै सुरक्षा सुनिश्चित गर्न चाहेका थिए, न त अफगान सुरक्षाबारे कुनै स्पष्ट दृष्टिकोण दिएका थिए”, तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जालमार्फत लेख्दै भन्नुभयो, “पाकिस्तानी टोलीको गैरजिम्मेवार र असहयोगी मनोवृत्तिका कारण वार्ता कुनै परिणाममा पुग्न सकेन ।”

यसबारे पाकिस्तान सरकार न मध्यस्थकर्ताहरू दुवैले तुरुन्तै कुनै प्रतिक्रिया दिएका छन् ।

“आतङ्कवाद दमनको जिम्मेवारी अफगानिस्तानकै हो, तर उनीहरू यसमा असफल भइरहेका छन्”, पाकिस्तानका सूचना मन्त्री अत्ताउल्ला तरारले भने वार्ता असफल हुने सङ्केत एक दिनअघि नै दिँदै भन्नुभएको थियो, “पाकिस्तानले आफ्ना जनताको सुरक्षा र राष्ट्रिय सार्वभौमसत्ता जोगाउन आवश्यक सबै विकल्पहरू प्रयोग गर्न जारी राख्नेछ ।”

– माग र आरोपहरू –

अफगानिस्तान र पाकिस्तानबीच हालका वर्षहरूमा दुई हजार ६०० किलोमिटर लामो साझा सीमामा बारम्बार हिंसात्मक झडपहरू हुँदै आएका छन् । पाकिस्तानले अफगानिस्तानमाथि आफ्ना भित्री क्षेत्रमा आक्रमण गर्ने आतङ्कवादी समूहहरूलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ । उक्त आरोपलाई तालिबान सरकारले निरन्तर अस्वीकार गर्दै आएको छ ।

इस्लामाबादले विशेष गरी पाकिस्तानी तालिबान (तेहरिक–ए–तालिबान पाकिस्तान) नामक समूहलाई काबुलले समर्थन गरेको दाबी गर्दै आएको छ र यसमा रोक लगाउन औपचारिक ग्यारेन्टी माग्दै आएको छ । तर तालिबान सरकारले आफ्नो भूमिमा त्यस्ता समूहहरूको अस्तित्वलाई नकार्दै पाकिस्तानले आफैँ अफगान सार्वभौमसत्तामा हस्तक्षेप गरेको आरोप लगाएको छ ।

गत महिनामा मात्र दुवै देशबीचको सीमा क्षेत्रमा भएका घातक झडपमा ७० जनाभन्दा बढी व्यक्तिको मृत्यु र सयौँ घाइते भएका थिए । यस्ता घटनाका कारण दवबै पक्षले फेरि युद्धविराम तोड्ने चेतावनी दिएका छन् ।

अफगानिस्तानको स्पिन बोल्डक क्षेत्रमा भएको पछिल्लो झडपपछि दुवै पक्षले एकअर्कालाई दोषारोपण गरेका छन् । जिल्ला अस्पतालका एक अधिकारीले एएफपीसँग कुरा गर्दै चार महिला र एक पुरुषसहित पाँच जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

तालिबानका प्रवक्ता मुजाहिदले भन्नुभयो, “हामीले वार्ता टोलीप्रति सम्मान देखाएका छौँ र नागरिकहरूको ज्यान बचाउन संयमता अपनाएका छौँ ।”

यसैबीच, इस्लामाबादले अफगानिस्तानले आफ्ना दीर्घकालीन छिमेकी सम्बन्धहरूलाई कमजोर पार्दै ऐतिहासिक शत्रु भारतसँग घनिष्ठता बढाउने प्रयास गरेको आरोप पनि लगाएको छ ।

यो पछिल्लो असफल वार्तासँगै अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्ध फेरि तनावपूर्ण बनेको छ, जसले क्षेत्रीय स्थिरतामाथि थप चुनौती सिर्जना गर्ने विश्लेषकहरूको ठम्याइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट