२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अस्ट्रेलिया–इन्डोनेसिया नयाँ सुरक्षा सन्धिमा सहमत

२०८२, २७ कार्तिक बुधबार ११:४०

अस्ट्रेलिया र इन्डोनेसियाले बुधबार नयाँ सुरक्षा सन्धिमा हस्ताक्षर गर्न सहमति जनाएका छन्, । सन्धिमा दुवै देशबीचको सैन्य सहयोगलाई अझ सुदृढ बनाउने व्यवस्था समावेश गरिएको छ । सिड्नीमा सम्पन्न उच्चस्तरीय वार्तापछि दुवै देशका नेताहरूले संयुक्त रूपमा उक्त जानकारी दिनुभएको हो ।

अस्ट्रेलियाले एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई सन्तुलन गर्न आफ्ना रक्षा क्षमताहरू विस्तार गर्दै आएको छ र परम्परागत सहयोगी संयुक्त राज्य अमेरिकासँग सम्बन्ध अझ गाढा बनाउँदै गएको छ । तर इन्डोनेसियाले भने बेइजिङसँग सन्तुलित सम्बन्ध कायम गर्न चाहँदै अपेक्षाकृत तटस्थ नीति अवलम्बन गर्दै आएको छ ।

सिड्नीको रोयल अस्ट्रेलियन नेभी बेसमा इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोसँग संयुक्त पत्रकार सम्मेलनमा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले भन्नुभयो, “हाम्रो साझा सुरक्षालाई बलियो पार्ने उद्देश्यसहित नयाँ द्विपक्षीय सन्धिमा पर्याप्त प्रगति भएको छ । यो सन्धि शान्ति र स्थिरता सुनिश्चित गर्ने उत्तम उपाय सँगै काम गर्नु नै हाम्रो विश्वासको प्रतीक हो ।”

प्रधानमन्त्री अल्बानिजले आगामी वर्ष इन्डोनेसियाको भ्रमण गरी उक्त सन्धिमा औपचारिक रूपमा हस्ताक्षर गर्ने आशा व्यक्त गर्नुभयो । उहाँले यो नयाँ सम्झौता सन् २०२४ मा भएको द्विपक्षीय रक्षा सम्झौतामा आधारित रहेको र यसले विवादास्पद एसिया–प्रशान्त क्षेत्रमा दुवै देशबीचको सहकार्यलाई अझ गहिरो बनाउने बताउनुभयो ।

सन्धिअनुसार अस्ट्रेलिया र इन्डोनेसियाले सुरक्षा मामिलामा नियमित रूपमा प्रधानमन्त्री तथा मन्त्रिस्तरीय परामर्श गर्नेछन् । साथै, कुनै एक वा दुवै देशको सुरक्षा जोखिममा परेको अवस्थामा व्यक्तिगत वा संयुक्त रूपमा अपनाउन सकिने उपायहरूबारे छलफल र समन्वय गर्न पनि यसले अवसर प्रदान गर्नेछ ।

इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले पनि उक्त सम्झौता दुवै देशबीच ‘रक्षा र सुरक्षा क्षेत्रमा घनिष्ठ सहकार्य’ प्रवद्र्धन गर्ने दिशामा महत्त्वपूर्ण कदम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी छिमेकीहरू छनोट गर्न सक्दैनौँ, तर असल छिमेकीहरूले कठिन समयमा एकअर्काको साथ दिनुपर्छ । यही भावना यस सन्धिको मूलमा निहित छ ।”

नयाँ सुरक्षा सन्धि दुवै मुलुकका लागि साझा हित र क्षेत्रीय स्थिरताको आधारस्तम्भ बन्ने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट