२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भुटानको दुई दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री मोदी, स्वदेश फिर्ता

२७ कार्तिक २०८२, बुधबार १५:३४

प्रधानमन्त्री नरेन्द्र मोदी दुई छिमेकी देशहरू बिचको मित्रता र सहयोगको घनिष्ठ सम्बन्धलाई अझ सुदृढ पार्ने उद्देश्यले भुटानको दुई दिने राजकीय भ्रमणको सकेर बुधबार नयाँ दिल्ली फर्किनु भएको छ ।

थिम्पूबाट दिल्लीका लागि प्रस्थान गर्नु अघि प्रधानमन्त्री मोदीले भुटानका जनता र सरकारलाई उनीहरूको न्यानो आतिथ्यका लागि कृतज्ञता व्यक्त गर्दै सामाजिक सञ्जाल एक्समा एउटा पोस्ट गर्नु भएको छ ।

“भुटानको भ्रमण विभिन्न ऐतिहासिक कार्यक्रमहरू तथा महामहिम चौथो ड्रक ग्याल्पोको ७० औँ जन्मजयन्ती को अवसरमा आयोजित विश्वव्यापी शान्ति प्रार्थना महोत्सवको अवसरमा भएको जनाइएको छ ।
भ्रमण पछि ऊर्जा तथा स्वास्थ्य सेवा जस्ता क्षेत्रहरूका नतिजाहरूले द्विपक्षीय साझेदारीलाई गति दिने उहाँले बताउनु भएको छ ।

भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक व्यक्तिगत रूपमा प्रधानमन्त्री मोदीलाई विदा गर्न एयरपोर्टमा आउनु भएको थियो भने प्रधानमन्त्री मोदीले उहाँलाई त्यहाँ सम्म पुगाउन आउनु भएकोमा धन्यवाद व्यक्त गर्नु भएको थियो ।

भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले भुटानका राजा, चौथो ड्रुक ग्याल्पो, जिग्मे सिङ्गे वाङ्गचुक र भुटानी प्रधानमन्त्री सेरिङ तोब्गेसँग ऊर्जा, व्यापार, प्रविधि र लगायतका क्षेत्रहरूमा सहयोग बढाउन विस्तृत छलफल गरेको जनाइएको छ ।

“प्रधानमन्त्री नरेन्द्र मोदी थिम्पूमा चलिरहेको ग्लोबल शान्ति प्रार्थना महोत्सवमा चाङ्लिमिथाङ स्टेडियममा कालचक्र ’व्हील अफ टाइम’ सशक्तिकरण दीक्षामा भुटानका राजा लगायतका महामहिमसँग सहभागी भएको जनाइएको छ ।

यस पवित्र कार्यक्रममा विदेशी आगन्तुकसहित ३० हजारभन्दा बढी मानिस उपस्थित भएको तथा प्रार्थनाको अध्यक्षता भुटानका प्रमुख मठाधीश महामहिम जे खेनपोले गरेको , विदेश मन्त्रालयले एक्सको एक पोस्टमा जनाएको छ ।

भ्रमणको प्रमुख उदेश्य १,०२० मेगावाटको पुनात्सांगचु–दोस्रो जलविद्युत परियोजनाको संयुक्त उद्घाटन–भारत–भुटान ऊर्जा सहयोगमा र नवीकरणीय ऊर्जा, स्वास्थ्य सेवा र सीमापार सम्बन्धको घोषणा रहेको जनाइएको छ ।
भ्रमणले आपसी विश्वास, सम्मान र साझा सांस्कृतिक मूल्यहरूमा निहित भारत र भुटानबिचको अद्वितीय र स्थायी मित्रतालाई मझभुत बनाउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने