२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

किएभमा ‘ठूलो’ रूसी आक्रमण, एकको मृत्यु, दर्जनौँ घाइते

२०८२, २९ कार्तिक शुक्रबार १३:२४

युक्रेनी राजधानी किएभ शुक्रबार बिहान ‘ठूलो’ आक्रमणको सिकार बनेको किएभका मेयरले जानकारी दिएका छन् ।

एएफपीका पत्रकारहरूले सहरको केन्द्रमा शक्तिशाली विस्फोटहरू सुनेलगत्तै गरिएको प्रारम्भिक रिपोर्टअनुसार एक जनाको मृत्यु भइसकेको छ भने कम्तीमा १५ जना घाइते भएका छन् ।

सन् २०२२ मा युक्रेनमाथि पूर्ण सैन्य आक्रमण आरम्भ गरेयता मस्कोले हाल विशेषगरी ऊर्जा संरचना, रेल प्रणाली तथा आवासीय क्षेत्रहरूमा आक्रमण तीव्र पार्दै आएको छ । शुक्रबार बिहानको आक्रमणमा मिसाइल तथा ड्रोनहरूले किएभको महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरिएको किएभ क्षेत्रीय सैन्य प्रशासनका प्रमुख माइकोला कलास्निकले बताउनुभयो ।

मेयर भिटाली क्लिट्स्कोले आक्रमणलाई ‘ठूलो शत्रु आक्रमण’ भन्दै हवाई रक्षा प्रणाली पूर्ण सक्रिय रहेको जानकारी दिनुभयो । युक्रेनी आपतकालीन सेवाले आगलागी र विनाशबाट ‘४० भन्दा बढी नागरिकको उद्धार गरिएको’ बताउँदै एक जनाको मृत्यु र अन्य धेरै घाइते भएको पुष्टि गरेको छ ।

यसअघि मेयरले किएभका १० मध्ये आठ जिल्लामा भवनहरूमा क्षति तथा आगलागी भएको उल्लेख गर्नुभएको थियो । मेडिकल आपतकालीन टोलीहरू ती सबै क्षेत्रमा तैनाथ छन् । घाइतेमध्ये एक गर्भवती तथा एक पुरुषको अवस्था अत्यन्त गम्भीर रहेको बताइएको छ ।

उत्तर–पूर्वी डेस्न्यान्स्की जिल्लाका केही भवनहरू तातोपानी सेवा अभावमा रहेको उल्लेख गर्दै मेयरले ‘तताउने सञ्जालका केही भागहरू क्षतिग्रस्त भएको’ बताउनुभएको छ । विद्युत् तथा पानी आपूर्तिमा समेत अवरोध हुनसक्ने चेतावनी दिइएको छ ।

एएफपीका पत्रकारहरूले सहरभरि एन्टी–मिसाइल प्रणाली सक्रिय रूपमा चलिरहेको र ड्रोन रोक्न ट्रेसर बुलेटहरू प्रहार भइरहेका दृश्य प्रत्यक्ष रूपमा अवलोकन गरेका छन् । किएभका सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोले सामाजिक सञ्जालमार्फत ‘रूसी आक्रमणले आवासीय भवनहरू व्यापक रूपमा क्षतिग्रस्त बनाइरहेको’ उल्लेख गर्दै लगभग सबै जिल्लामा बहुतले भवनहरूमा क्षति पुगेको बताउनुभयो ।

– बढ्दो अन्तर्राष्ट्रिय दबाबबीच आक्रमण –

पश्चिमी सहयोगी राष्ट्रहरूले मस्कोमाथि दबाब बढाइरहेका बेला किएभमाथिको यो तीव्र आक्रमण भएको हो । बुधबार क्यानाडाले रूसी ड्रोन तथा ऊर्जा उत्पादन क्षमतामा असर पार्ने, साथै साइबर आक्रमणका लागि प्रयोग हुने संरचनाहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्धहरू घोषणा गरेको थियो । सोही दिन जी–७ विदेशमन्त्रीहरूले युक्रेनको क्षेत्रीय अखण्डताप्रति ‘अटुट समर्थन’ व्यक्त गर्दै तत्काल युद्धविरामको माग गरेका थिए ।

युरोपेली आयोगले पनि रुसको फ्रिज गरिएको सम्पत्तिको अंश प्रयोग गरी आगामी दुई वर्षका लागि युक्रेनलाई बजेट तथा सैनिक सहायता स्वरूप ऋण उपलब्ध गराउने सम्भावनामा विचार भइरहेको जनाएको छ ।

तर करिब चार वर्षदेखिको युद्धको अवस्थाबीच दुवै पक्षले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम तथा लामो समयदेखि रोकिएको शान्ति–सम्झौता पुनर्जीवित गर्ने प्रयासलाई अस्वीकार गरिरहेका छन् ।

यसैबीच रूसी सेनाले पूर्वी युक्रेनका डोनेट्स्क तथा लुगान्स्क क्षेत्रमा नियन्त्रण विस्तार गर्ने प्रयास जारी राखेको छ । मस्कोले सोमबार फराकिलो फ्रन्टलाइनमा थप तीन गाउँ कब्जा गरेको दाबी गरेको छ । श्रमशक्ति तथा उपकरण क्षमतामा फाइदा रहेको रूसले ती क्षेत्रमा निरन्तर दबाब बनाइरहेको बताइन्छ ।

विशेषज्ञहरूका अनुसार ऊर्जा पूर्वाधारमाथि भइरहेको पछिल्लो रूसी आक्रमणले जाडो महिनाअघि युक्रेनलाई तातोपानी तथा ऊर्जा आपूर्तिमा गम्भीर जोखिममा पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट