२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

किएभमा ‘ठूलो’ रूसी आक्रमण, एकको मृत्यु, दर्जनौँ घाइते

२९ कार्तिक २०८२, शुक्रबार १३:२४

युक्रेनी राजधानी किएभ शुक्रबार बिहान ‘ठूलो’ आक्रमणको सिकार बनेको किएभका मेयरले जानकारी दिएका छन् ।

एएफपीका पत्रकारहरूले सहरको केन्द्रमा शक्तिशाली विस्फोटहरू सुनेलगत्तै गरिएको प्रारम्भिक रिपोर्टअनुसार एक जनाको मृत्यु भइसकेको छ भने कम्तीमा १५ जना घाइते भएका छन् ।

सन् २०२२ मा युक्रेनमाथि पूर्ण सैन्य आक्रमण आरम्भ गरेयता मस्कोले हाल विशेषगरी ऊर्जा संरचना, रेल प्रणाली तथा आवासीय क्षेत्रहरूमा आक्रमण तीव्र पार्दै आएको छ । शुक्रबार बिहानको आक्रमणमा मिसाइल तथा ड्रोनहरूले किएभको महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरिएको किएभ क्षेत्रीय सैन्य प्रशासनका प्रमुख माइकोला कलास्निकले बताउनुभयो ।

मेयर भिटाली क्लिट्स्कोले आक्रमणलाई ‘ठूलो शत्रु आक्रमण’ भन्दै हवाई रक्षा प्रणाली पूर्ण सक्रिय रहेको जानकारी दिनुभयो । युक्रेनी आपतकालीन सेवाले आगलागी र विनाशबाट ‘४० भन्दा बढी नागरिकको उद्धार गरिएको’ बताउँदै एक जनाको मृत्यु र अन्य धेरै घाइते भएको पुष्टि गरेको छ ।

यसअघि मेयरले किएभका १० मध्ये आठ जिल्लामा भवनहरूमा क्षति तथा आगलागी भएको उल्लेख गर्नुभएको थियो । मेडिकल आपतकालीन टोलीहरू ती सबै क्षेत्रमा तैनाथ छन् । घाइतेमध्ये एक गर्भवती तथा एक पुरुषको अवस्था अत्यन्त गम्भीर रहेको बताइएको छ ।

उत्तर–पूर्वी डेस्न्यान्स्की जिल्लाका केही भवनहरू तातोपानी सेवा अभावमा रहेको उल्लेख गर्दै मेयरले ‘तताउने सञ्जालका केही भागहरू क्षतिग्रस्त भएको’ बताउनुभएको छ । विद्युत् तथा पानी आपूर्तिमा समेत अवरोध हुनसक्ने चेतावनी दिइएको छ ।

एएफपीका पत्रकारहरूले सहरभरि एन्टी–मिसाइल प्रणाली सक्रिय रूपमा चलिरहेको र ड्रोन रोक्न ट्रेसर बुलेटहरू प्रहार भइरहेका दृश्य प्रत्यक्ष रूपमा अवलोकन गरेका छन् । किएभका सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोले सामाजिक सञ्जालमार्फत ‘रूसी आक्रमणले आवासीय भवनहरू व्यापक रूपमा क्षतिग्रस्त बनाइरहेको’ उल्लेख गर्दै लगभग सबै जिल्लामा बहुतले भवनहरूमा क्षति पुगेको बताउनुभयो ।

– बढ्दो अन्तर्राष्ट्रिय दबाबबीच आक्रमण –

पश्चिमी सहयोगी राष्ट्रहरूले मस्कोमाथि दबाब बढाइरहेका बेला किएभमाथिको यो तीव्र आक्रमण भएको हो । बुधबार क्यानाडाले रूसी ड्रोन तथा ऊर्जा उत्पादन क्षमतामा असर पार्ने, साथै साइबर आक्रमणका लागि प्रयोग हुने संरचनाहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्धहरू घोषणा गरेको थियो । सोही दिन जी–७ विदेशमन्त्रीहरूले युक्रेनको क्षेत्रीय अखण्डताप्रति ‘अटुट समर्थन’ व्यक्त गर्दै तत्काल युद्धविरामको माग गरेका थिए ।

युरोपेली आयोगले पनि रुसको फ्रिज गरिएको सम्पत्तिको अंश प्रयोग गरी आगामी दुई वर्षका लागि युक्रेनलाई बजेट तथा सैनिक सहायता स्वरूप ऋण उपलब्ध गराउने सम्भावनामा विचार भइरहेको जनाएको छ ।

तर करिब चार वर्षदेखिको युद्धको अवस्थाबीच दुवै पक्षले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम तथा लामो समयदेखि रोकिएको शान्ति–सम्झौता पुनर्जीवित गर्ने प्रयासलाई अस्वीकार गरिरहेका छन् ।

यसैबीच रूसी सेनाले पूर्वी युक्रेनका डोनेट्स्क तथा लुगान्स्क क्षेत्रमा नियन्त्रण विस्तार गर्ने प्रयास जारी राखेको छ । मस्कोले सोमबार फराकिलो फ्रन्टलाइनमा थप तीन गाउँ कब्जा गरेको दाबी गरेको छ । श्रमशक्ति तथा उपकरण क्षमतामा फाइदा रहेको रूसले ती क्षेत्रमा निरन्तर दबाब बनाइरहेको बताइन्छ ।

विशेषज्ञहरूका अनुसार ऊर्जा पूर्वाधारमाथि भइरहेको पछिल्लो रूसी आक्रमणले जाडो महिनाअघि युक्रेनलाई तातोपानी तथा ऊर्जा आपूर्तिमा गम्भीर जोखिममा पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने