२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतद्वारा श्रीलङ्कालाई सहायता पठाउन पाकिस्तानी उडानलाई हवाई क्षेत्र प्रयोग गर्ने स्वीकृति

२०८२, १७ मंसिर मंगलवार १४:०९

नयाँदिल्लीले आफ्नो हवाई क्षेत्र प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेको पाकिस्तानी मिडियामा प्रसारित दावीलाई अस्वीकार गर्दै चक्रवात प्रभावित श्रीलङ्कामा राहत सामग्री बोकेको पाकिस्तानको सहायता उडानलाई द्रुत स्वीकृति दिएको बताएको छ ।

पाकिस्तानले सोमबार भारतीय हवाई क्षेत्रमा उडान गर्न एक दिनको अनुमति माग्दै दिउँसो एक बजे अनुरोध पेश गरेको जनाउदै श्रीलङ्कालाई मानवीय सहायता प्रदान गर्ने असाधारण तथा द्रुत गतिमा अनुरोध बमोजिम स्वीकृति दिएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

अनुमति आधिकारिक रूपमा सोमबार ५ः३० वजे (आईएसटी_ आधिकारिक च्यानलहरू मार्फत पाकिस्तान सरकारलाई सूचित गरि न्यूनतम चार घण्टाको सूचना अवधि भित्र निकासी प्रशोधन गरिएको उनीहरूले जनाएका छन् ।

अधिकारीहरूले पाकिस्तानले भारतीय एयरलाइन्सलाई आफ्नो हवाई क्षेत्र प्रयोगमा प्रतिबन्ध कायम राखे पनि विशुद्ध मानवीयताको आधारमा स्वीकृति दिएको बताएका छन् ।

भारतले सहायता उडानका लागि “हवाई क्षेत्र प्रयोग गर्न दिन अस्वीकार गरेको“ दाबी गर्ने केही पाकिस्तानी मिडिया रिपोर्ट पछि भारतको यस्तो प्रतिक्रिया आएको हो ।

अधिकारीहरूले आरोपहरू “आधारहीन र भ्रामक“ रहेको जनाएका छन् ।

हाल श्रीलङ्कामा चक्रवात दिटवाहको कारण ठूलो बाढी आउँदा राजधानी कोलम्बोका केही भागहरूमा कम्तीमा ३३४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

भारतले चक्रवात दिटवाहको आपतकालीन प्रतिक्रियाको एक हिस्साको रूपमा “अपरेसन सागर बान्धु” अन्तर्गत श्रीलङ्कामा ५३ टन राहत सामग्री पठाएको जनाइएको छ ।

भारतले कोलम्बोमा उद्धार कार्यमा सहयोग गर्न दुई भारतीय जहाजबाट साढे नौ टन आपतकालीन राशन टेन्ट, तिरपाल, कम्बल, तयारी खाद्य पदार्थ, औषधि र चिकित्सा उपकरणहरू पठाएको जनाएको छ । यसैबीच मेडिकल टोली र राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) को ८० व्यक्तिको विशेष शहरी खोजी र उद्धार (युएसएआर) टोली सहित थप साढे ३१ टन राहत सामग्री एयरलिफ्ट गर्न भारतीय वायुसेनाका तीन विमानहरू तैनाथ गरिएको जनाइएको छ ।

नयाँदिल्लीले भारतीय नौसेनाको जहाज सुकन्या (ट्रिन्कोमालीमा) मा थप १२ टन राहत आपूर्ति पठाएकोसमेत गरी कुल ५३ टन खाद्यान्न पुगाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी