२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु

२१ मंसिर २०८२, शनिबार १६:५१

गत अक्टोबरमा भएको घातक झडप पछिको पछिल्लो पाकिस्तान–अफगानिस्तानको मुख्य सीमामा भएको गोलीबारीमा चार जना सर्वसाधारणको मृत्यु भएको अफगान अधिकारी अब्दुल करिम जहादले शनिबार बताएका छन् ।

गोलाबारीमा अन्य चार जना घाइते भएको दक्षिणी अफगानिस्तानको स्पिन बोल्डक जिल्लाका गभर्नरसमेत रहनु भएका जहादलाई उदृत यर्दै एएफपीले जनाएको छ ।

पाकिस्तानी सीमावर्ती सहर चमनको स्थानीय अस्पतालमा झडपका क्रममा घाइते भई उपचाररत चार जनालाई डिस्चार्ज गरिएको बताइएको छ ।

अक्टोबरको झडप पछि सहमति भएको युद्धविरामको बाबजुद चमन र स्पिन बोल्डक बिचको सिमामा अप्रत्यासित आक्रमण गरेको आरोप दुवै पक्षले एक अर्कालाई लगाएका छन् ।

“केही समय अघि अफगान तालिबानले सीमामा बिना कारण गोलीबारी गरेको पाकिस्तानका प्रधानमन्त्रीका प्रवक्ता मुशर्रफ जैदीले सामाजिक सञ्जाल एक्स मार्फत जनाउनु भएको छ ।

सीमाका अफगान पक्षका बासिन्दाहरूलाई उल्लेख गर्दै एएफपीले शुक्रबार राति १०ः३० बजे देखि लगभग दुई घण्टा गोलाबारी भएको जनाएको छ ।

कान्दाहारको सूचना विभागका प्रमुख अली मोहम्मद हक्कमलले पाकिस्तानी सेनाले सामान्य आक्रमण गरेको र नागरिक घरहरूमा मोर्टार फायर गरेको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने