२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा

२०८२, २८ मंसिर शनिबार १३:५४

काठमाडौँ | अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनेल मेसीलाई हेर्न नपाएपछि भारतको कोलकोतामा फ्यानहरुले हङ्गामा भएको छ । शनिबार बिहान कोलकाता पुगेका मेसीलाई साल्ट लेक स्टेडियममा फ्यानहरुले हेर्न नपाएपछि तोडफोड र हङ्गामा गरेका छन् । स्टेडियम पुगेका मेसी छिट्टै स्टेडियमबाट बाहिर निस्किएपछि साल्ट लेक स्टेडियममा फ्यानहरूले कुर्सी र बोतलहरू फ्याँक्दै हंगामा मच्चाएका छन् ।

मेसीलाई हेर्न हजारौं फ्यानहरू भेला भएका थिए । यसबाहेक, उनीहरूले टिकटको लागि चर्को मूल्य तिरेका थिए । फ्यानहरुले हजारौं रकम तिरेर आएका फ्यानका लागि यो एकदमै निराशाजनक घटना भएको प्रतिक्रिया दिएका छन् । उनी केवल १० मिनेटको लागि आएका थिए । सबै राजनीतिज्ञ र मन्त्रीहरू उनको वरिपरि भेला भएका थिए । फ्यानहरुले मेसी केवल १० मिनेटको लागि आए र गएको बताएका छन् । यति धेरै पैसा, भावना र समय खेर गएको भन्दै फ्यानहरुले असन्तुष्टि जनाएका थिए ।

मेसी आजै हैदराबादको लागि प्रस्थान गरेका छन् । मेसीले हैदराबादमा प्रदर्शनी खेलमा पनि भाग लिने कार्यक्रम छ । यद्यपि, यो सम्पूर्ण हंगामाले प्रशासन र आयोजकहरूमाथि प्रश्न उठाइरहेको छ । महँगो टिकटको बावजुद, फ्यानहरूले मेसीलाई १० मिनेटको लागि मात्र हेर्न पाए, जबकि उनको प्रदर्शन दिउँसो १स्३० बजे सुरु हुने तालिका थियो । फ्यानहरूले रंगशालामा तोडफोड पनि गरे र पालहरू पनि भत्काए । हजारौं फ्यानहरू रंगशालामा भेला भएका थिए । मेसीसँगै उरुग्वेका फुटबल दिग्गज लुइस स्वरेज र रोड्रिगो डे पल पनि उपस्थित थिए । तीनै जना अब हैदराबाद गएका छन् । मेसीले साल्ट लेक रंगशालाको परिक्रमा गरे र हजारौं प्रशंसकहरूको अभिवादन स्वीकार गरेका थिए । मेसीका प्रशंसकहरू अर्जेन्टिनाको जर्सी लगाएर आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी