२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

८ पुष २०८२, मंगलवार १८:१८

चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने नीति सार्वजनिक गर्दै सन् २०३० सम्म १५ गिगावाट क्षमता पु¥याउने लक्ष्य राखेको छ ।
राष्ट्रिय विकास तथा सुधार आयोग र राष्ट्रिय ऊर्जा प्रशासनले जारी गरेको मार्गनिर्देशनमा परियोजना निर्माण तथा आवेदन क्षेत्र विस्तारमा जोड दिइएको छ, जसबाट नवीकरणीय ऊर्जा प्रविधि ठूलो परिमाणमा प्रयोगमा ल्याउन सकिने अपेक्षा गरिएको छ ।

यस क्षेत्रलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धी नयाँ ऊर्जा उद्योगका रूपमा विकास गर्ने चीनको लक्ष्य रहेको छ । यस क्रममा प्रविधिहरू पूर्ण रूपमा स्वदेशमै नियन्त्रणमा रहने, बजारकेन्द्रित हुने र औद्योगिकीकरणतर्फ उन्मुख हुने अपेक्षा गरिएको छ ।
चीनले प्रमुख नवीकरणीय ऊर्जा प्रविधिमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । निर्माण लागत प्रति किलोवाट ३० हजार युआनबाट घटाएर १५ हजार युआनमा झारिएको छ भने विद्युत उत्पादन लागतमा पनि उल्लेखनीय कमी आएको छ ।

यद्यपि प्रारम्भिक उच्च लगानी र तुलनात्मक रूपमा कमजोर बजार प्रतिस्पर्धा अझै चुनौतीका रूपमा रहेको बताइएको छ । यसलाई समाधान गर्न ठूलो क्षमता भएका नवीकरणीय ऊर्जा प्लान्ट निर्माण तथा स्थानीय विद्युत अभाव पूर्तिमा ध्यान दिइने योजना बनाइएको छ ।

साथै, प्रान्तीय तहमा निष्पक्ष बजार पहुँच सुनिश्चित गर्न मूल्य निर्धारण प्रणाली अपनाउने, मुख्य प्रविधि, सामग्री तथा उपकरणमा अनुसन्धान र विकासलाई तीव्रता दिने निर्देशन दिइएको छ । अग्रणी कम्पनी र अनुसन्धान संस्थालाई संयुक्त अनुसन्धान तथा विकास मञ्च स्थापना गर्न सहयोग गरिने र स्वदेशी उत्पादनमा आत्मनिर्भरता बढाइने योजना समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव