२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जेलेन्स्कीको कडा चेतावनी

२०८२, १० पुष बिहीबार १६:२२

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहेकोप्रति गम्भीर चेतावनी दिनुभएको छ । उहाँले युक्रेनको विदेश गुप्तचर सेवाका प्रमुख ओलेह इभासेन्कोको प्रतिवेदन उद्धृत गर्दै ऊर्जा कम्पनीहरू र काल्पनिक कानूनी संरचनामार्फत रुसले प्रतिबन्धबाट जोगिन खोजिरहेको उल्लेख गर्नुभयो ।

सामाजिक सञ्जाल एक्समा सार्वजनिक सन्देशमार्फत राष्ट्रपति जेलेन्स्कीले युक्रेनले यस्ता गतिविधि निरन्तर निगरानी गरिरहेको र साझेदार मुलुकहरूसँग समन्वय गरेर रुसमाथि दबाब कायम राख्ने स्पष्ट पार्नुभयो । “रुसले आफ्ना ऊर्जा कम्पनीहरूलाई विश्वव्यापी प्रतिबन्धबाट बचाउन अस्थायी मालिक र बनावटी कानूनी योजनाहरू प्रयोग गरिरहेको छ । हामी यी सबै गतिविधिमाथि नजर राखिरहेका छौँ र रुसलाई युद्धका लागि स्रोत जुटाउन नदिन साझेदारहरूसँग सहकार्य गर्नेछौँ”, उहाँले भन्नुभयो ।

इभासेन्कोको प्रतिवेदनमा बेलारुसको भूमिमा रुसले ओरेसनिक प्रणाली तैनाथ गरेको विषय पनि समेटिएको छ, जसलाई राष्ट्रपति जेलेन्स्कीले विश्वव्यापी सुरक्षाका लागि गम्भीर खतरा ठहर गर्नुभयो । उहाँका अनुसार यस्ता हतियारहरूको आक्रामक विस्तारले खतरनाक उदाहरण सिर्जना गर्दछ र त्यसविरुद्ध सहयोगीहरूसँग संयुक्त प्रतिक्रिया विकल्प तयार गर्न निर्देशन दिइसकिएको छ ।

राष्ट्रपति जेलेन्स्कीले गुप्तचर र सैन्य उत्पादन क्षेत्रमा रुस र चीनबीच बढ्दो सहकार्यप्रति पनि चिन्ता व्यक्त गर्नुभयो । उहाँले विशेषगरी अन्तरिक्षमा आधारित खुफिया सूचनामा दुवै देशका संस्थाहरूबीच सहयोग बढिरहेको उल्लेख गर्नुभयो । युक्रेनका अनुसार चिनियाँ उपग्रह तस्बिरहरू र युक्रेनी ऊर्जा पूर्वाधारमाथि भएका रुसी आक्रमणहरूबीच सम्बन्ध देखिएको छ ।

“यस्ता गतिविधिले रुसलाई युद्ध लम्ब्याउन र कूटनीतिक प्रयासहरू कमजोर पार्न सहयोग पु¥याइरहेको छ”, उहाँले भन्नुभयो । उहाँले यी सबै विषय साझेदारहरूसँग उठाइने र कूटनीतिक माध्यमबाट रुसका कदमहरूको प्रतिरोध गरिने पनि स्पष्ट गर्नुभयो ।

यसैबीच, किएभको स्वाटोसिन्स्की जिल्लामा हालै भएको रुसी ड्रोन आक्रमणमा पाँच जना घाइते भएको किएभ सिटी मिलिटरी प्रशासनले जनाएको छ । युद्धका यस्ता घटनाले क्षेत्रीय मात्र नभई विश्वव्यापी सुरक्षामा समेत गम्भीर असर पारिरहेको युक्रेनको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो