१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जेलेन्स्कीको कडा चेतावनी

१० पुष २०८२, बिहीबार १६:२२

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहेकोप्रति गम्भीर चेतावनी दिनुभएको छ । उहाँले युक्रेनको विदेश गुप्तचर सेवाका प्रमुख ओलेह इभासेन्कोको प्रतिवेदन उद्धृत गर्दै ऊर्जा कम्पनीहरू र काल्पनिक कानूनी संरचनामार्फत रुसले प्रतिबन्धबाट जोगिन खोजिरहेको उल्लेख गर्नुभयो ।

सामाजिक सञ्जाल एक्समा सार्वजनिक सन्देशमार्फत राष्ट्रपति जेलेन्स्कीले युक्रेनले यस्ता गतिविधि निरन्तर निगरानी गरिरहेको र साझेदार मुलुकहरूसँग समन्वय गरेर रुसमाथि दबाब कायम राख्ने स्पष्ट पार्नुभयो । “रुसले आफ्ना ऊर्जा कम्पनीहरूलाई विश्वव्यापी प्रतिबन्धबाट बचाउन अस्थायी मालिक र बनावटी कानूनी योजनाहरू प्रयोग गरिरहेको छ । हामी यी सबै गतिविधिमाथि नजर राखिरहेका छौँ र रुसलाई युद्धका लागि स्रोत जुटाउन नदिन साझेदारहरूसँग सहकार्य गर्नेछौँ”, उहाँले भन्नुभयो ।

इभासेन्कोको प्रतिवेदनमा बेलारुसको भूमिमा रुसले ओरेसनिक प्रणाली तैनाथ गरेको विषय पनि समेटिएको छ, जसलाई राष्ट्रपति जेलेन्स्कीले विश्वव्यापी सुरक्षाका लागि गम्भीर खतरा ठहर गर्नुभयो । उहाँका अनुसार यस्ता हतियारहरूको आक्रामक विस्तारले खतरनाक उदाहरण सिर्जना गर्दछ र त्यसविरुद्ध सहयोगीहरूसँग संयुक्त प्रतिक्रिया विकल्प तयार गर्न निर्देशन दिइसकिएको छ ।

राष्ट्रपति जेलेन्स्कीले गुप्तचर र सैन्य उत्पादन क्षेत्रमा रुस र चीनबीच बढ्दो सहकार्यप्रति पनि चिन्ता व्यक्त गर्नुभयो । उहाँले विशेषगरी अन्तरिक्षमा आधारित खुफिया सूचनामा दुवै देशका संस्थाहरूबीच सहयोग बढिरहेको उल्लेख गर्नुभयो । युक्रेनका अनुसार चिनियाँ उपग्रह तस्बिरहरू र युक्रेनी ऊर्जा पूर्वाधारमाथि भएका रुसी आक्रमणहरूबीच सम्बन्ध देखिएको छ ।

“यस्ता गतिविधिले रुसलाई युद्ध लम्ब्याउन र कूटनीतिक प्रयासहरू कमजोर पार्न सहयोग पु¥याइरहेको छ”, उहाँले भन्नुभयो । उहाँले यी सबै विषय साझेदारहरूसँग उठाइने र कूटनीतिक माध्यमबाट रुसका कदमहरूको प्रतिरोध गरिने पनि स्पष्ट गर्नुभयो ।

यसैबीच, किएभको स्वाटोसिन्स्की जिल्लामा हालै भएको रुसी ड्रोन आक्रमणमा पाँच जना घाइते भएको किएभ सिटी मिलिटरी प्रशासनले जनाएको छ । युद्धका यस्ता घटनाले क्षेत्रीय मात्र नभई विश्वव्यापी सुरक्षामा समेत गम्भीर असर पारिरहेको युक्रेनको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी