२३ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जापानमा ६.४ म्याग्निच्युडको भूकम्प

२२ पुष २०८२, मंगलवार १४:११

पश्चिमी जापानको शिमाने प्रान्तमा मङ्गलबार ६.४ म्याग्निच्युडको भूकम्प आएपछि धेरै जना घाइते भएको स्थानीय मिडियाले जनाएको छ ।

भूकम्प स्थानीय समय अनुसार बिहान १०ः१८ मा पूर्वी शिमाने प्रान्तमा करिब १० किलोमिटरको गहिराइमा आएको उल्लेख गर्दै, मौसम विज्ञान विभागले भूकम्पले जापानको शिमाने र टोटोरी प्रान्तहरू सबैभन्दा बढी प्रभावित भएको जनाएको छ ।

विभागका खनुसार भूकम्पको केन्द्र ३५.३ डिग्री उत्तरी अक्षांश र १३३.२ डिग्री पूर्वी देशान्तरमा रहेको थियो । जेएमएका अनुसार ५.१ र ५.४ म्याग्निच्युड मापन गरिएका दुईवटा पराकम्पले समान क्षेत्रलाई स्थानीय समय अनुसार क्रमशः १०ः२८ र १०ः३७ मा प्रहार गरेको थियो ।

भूकम्पको समयमा खसेको र अन्य घाइते भएका कारण सिमाने प्रान्तको माट्सु सिटीका चार जनालाई अस्पताल लगिएको थियो । भूकम्पले सहरका धेरै घरहरूको छतमा क्षति पुगेको सार्वजनिक प्रसारणकर्ता एन. एच. के. ले जनाएको छ ।

छिमेकी टोट्टोरी प्रान्तको सकाइमिनाटो सहरमा स्थानीय प्रहरीले सडकमा दरार परेको खबर प्राप्त गरेको जनाएको छ । भूकम्पको केन्द्रबिन्दुबाट दक्षिणमा रहेको हिरोसिमा प्रान्तको फुकुयामा सहरमा भूकम्पका कारण दुई जना घाइते भएको रिपोर्टमा उल्लेख छ ।

भूकम्प परिमाण ६.२ म्याग्निच्युड रहेको उल्लेख गर्दै जेएमएले पश्चिमी टोटोरी प्रान्तमो लामो अवधिको भू–गति अवलोकन गरिएको बताएको छ । लामो अवधिको भू–गतिले ठूला भूकम्पहरूबाट तीव्र, ढिलो र निरन्तर भूकम्पीय छालहरूलाई जनाउँछ, जसले उच्च–वृद्धि भवनहरूलाई हल्लाइ माथिल्लो तलामा रहेका मानिसहरूलाई असर गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार रोड्रिगेजको कडा जवाफः भेनेजुएला विदेशी नियन्त्रणमा छैन स्काभेटर र टिपरको बीचमा च्यापिएर मजदुरको मृत्यु कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा साउनयता नौ गैँडाको मृत्यु वीरगञ्जको जनजीवन सामान्य बन्दै चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने मन्त्रिपरिषद्को निर्णय : प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत निर्वाचन सुरक्षा सम्बन्धमा गृहमन्त्री अर्यालद्वारा प्रदेशका प्रमुख सचिवहरूसँग छलफल