२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव

२४ पुष २०८२, बिहीबार १५:४८

साउदी अरेबियाले संयुक्त अरब इमिरेट्स (युएई) ले यमनमा राजद्रोहको आरोप खेपिरहेका एक पृथकतावादी नेतालाई गोप्य रूपमा देशबाट बाहिर निकालेर अबुधाबी पुर्‍याएको गम्भीर आरोप लगाएको छ । यस आरोपले यमन युद्धका क्रममा सहकार्य गर्दै आएका खाडीका दुई शक्तिशाली छिमेकी राष्ट्रबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ ।

साउदी सेनाले बिहीबार जारी गरेको विज्ञप्तिमा दक्षिणी ट्रान्जिसनल काउन्सिल (एसटिसी) का नेता ऐदारस अल–जुबैदी डुङ्गामार्फत यमनबाट सोमालिया पुगेको र त्यहाँबाट युएईका अधिकारीहरूले उहाँलाई एमिरेट्सको राजधानी अबुधाबी लगेको दाबी गरिएको छ । युएईलाई एसटिसीको प्रमुख समर्थकका रूपमा हेरिँदै आएको छ, जसले हालै यमनका केही दक्षिणी प्रान्तमा आफ्नो प्रभाव विस्तार गर्दै अलगावको तयारी गरिरहेको देखिन्छ ।

साउदी सेनाका प्रवक्ता मेजर जनरल तुर्की अल–मल्कीले युएईका एक मेजर जनरल नै यस कथित भाग्ने कार्यमा संलग्न रहेको उल्लेख गर्नुभयो । उहाँले प्रयोग गरिएको इल्युसिन इल–७६ विमान इथियोपिया, लिबिया र सोमालिया जस्ता द्वन्द्वग्रस्त क्षेत्रमा प्रयोग हुँदै आएको दाबी पनि गर्नुभयो । साउदी पक्षले यसअघि युएईले ती क्षेत्रमा हतियार आपूर्ति गरेको आरोप लगाउँदै आएको छ ।

यद्यपि युएईले ती आरोपहरू अस्वीकार गर्दै आएको छ र यस घटनाबारे तत्काल औपचारिक प्रतिक्रिया दिएको छैन । युएईको विदेश मन्त्रालय र एसटीसी दुवैले एपीको प्रतिक्रिया अनुरोधमा तुरुन्त जवाफ दिएका छैनन् । एसटिसीले भने बुधबारसम्म अल–जुबैदी एडनमै रहेको दाबी गरेको थियो ।

दक्षिणी यमन सन् २०२२ देखि अल–जुबैदीसहितको समूह राष्ट्रपति नेतृत्व परिषद् अन्तर्गत सञ्चालन हुँदै आएको थियो । तर यसै साता परिषद्ले उहाँलाई पदबाट हटाउँदै साउदी अरेबियामा वार्ताका लागि जान अस्वीकार गरेपछि देशद्रोहको आरोप लगाएको छ । यस कदमलाई साउदी अरेबियाले एसटिसीविरुद्ध लिएको कडा अडानको सङ्केतका रूपमा हेरिएको छ ।

लाल सागर र एडनको खाडीको सङ्गमस्थलमा रहेको यमनमा वर्षौंदेखि जारी युद्धमा लडाकू र सर्वसाधारण गरी एक लाख ५० हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ । यसले विश्वकै गम्भीर मानवीय सङ्कटमध्ये एक सिर्जना गरेको छ । यता, इरान समर्थित हुथी विद्रोहीहरूले गाजा युद्धको सन्दर्भमा अन्तर्राष्ट्रिय ढुवानीमाथि आक्रमण बढाएपछि विश्व व्यापारमा समेत असर परेको छ ।

यस विवादका बीच साउदी अरेबिया र युएईबीचको आर्थिक तथा क्षेत्रीय प्रतिस्पर्धा अझ चर्किने सङ्केत देखिएको छ । दुवै देश ओपेकका सदस्य र नजिकका साझेदार भए पनि यमन युद्ध पछिल्ला दशककै सबैभन्दा गम्भीर द्वन्द्वका रूपमा उभिएको विश्लेषकहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो