२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

किसानको आक्रोश संसद्सम्म

२९ पुष २०८२, मंगलवार १६:४०

फ्रान्सेली किसानहरूले कम आय र दक्षिण अमेरिकासँग हुने युरोपेली सङ्घ (इयु) को व्यापार सम्झौताप्रति कडा आपत्ति जनाउँदै मङ्गलबार करिब ३५० ट्रयाक्टरसहित राजधानी पेरिसको सडक हुँदै संसद् भवनसम्म प्रदर्शन गरेका छन् । किसानहरूका अनुसार उक्त सम्झौताले उनीहरूको जीविकोपार्जन र घरेलु कृषि प्रणालीलाई गम्भीर खतरा पुर्‍याउने डर छ ।

प्रहरीले अगाडि–पछाडि सुरक्षा दिएर ट्रयाक्टरहरू चलाइएका कारण च्याम्प्स–एलिसीजसहित पेरिसका ठूला सडकमा सवारी आवागमन ढिलो भयो र भिडको समयमा ट्राफिक जाम भएको थियो । पछि ती ट्रयाक्टरहरू सेन नदी पार गर्दै राष्ट्रिय सभा भवनसम्म पुगेका थिए ।

फ्रान्ससहित अन्य युरोपेली मुलुकहरूमा पनि किसानहरूको असन्तोष पछिल्ला महिनाहरूमा तीव्र हुँदै गएको छ । बढ्दो उत्पादन लागत, घट्दो आम्दानी, कडा वातावरणीय नियम र अन्तर्राष्ट्रिय व्यापार सम्झौताका कारण किसानहरू थप दबाबमा परेको उनीहरूको गुनासो छ । मङ्गलबारको प्रदर्शनको नेतृत्व गरिरहेका किसान युनियनहरूले फ्रान्सको खाद्य सुरक्षाको रक्षा गर्न सरकारबाट ‘ठोस र तत्काल कदम’ चाल्न माग गरेका छन् ।

फ्रान्सेली सरकारकी प्रवक्ता मौड ब्रेजनले मङ्गलबार टिएफ–१ टेलिभिजनसँग कुरा गर्दै सरकारले किसानहरूको अवस्थालाई ध्यानमा राख्दै चाँडै नयाँ सहयोगसम्बन्धी घोषणाहरू गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

राष्ट्रपति इमानुएल म्याक्रोन र उहाँको सरकारले इयु र दक्षिण अमेरिकी मर्कोसुर समूहबीचको व्यापार सम्झौताको विरोध गर्दै आएको छ । यद्यपि, अधिकांश इयु सदस्य राष्ट्रहरूको समर्थनका कारण उक्त सम्झौता शनिबार पाराग्वेमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।

युरोपेली किसानहरूले लामो समयदेखि ब्राजिल, अर्जेन्टिना, बोलिभिया, पाराग्वे र उरुग्वेलगायत मर्कोसुर राष्ट्रहरूसँगको व्यापार सम्झौताको आलोचना गर्दै आएका छन् । उनीहरूको भनाइमा यस्तो सम्झौताले युरोपेली बजारमा सस्तो आयातको बाढी ल्याएर स्थानीय किसानहरूको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाउनेछ र कृषि क्षेत्रलाई दीर्घकालीन रूपमा क्षति पुर्‍याउनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव