१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता

१ माघ २०८२, बुधबार १५:५२

जापान र दक्षिण कोरियाका शीर्ष नेताहरूले दुई देशबीचको सहकार्य थप गहिरो बनाउने सहमतिसँगै के–पप हिट गीतहरूमा ड्रम बजाउँदै अनौठो तर मैत्रीपूर्ण सांस्कृतिक आदानप्रदान प्रस्तुत गर्नुभएको छ । कूटनीतिक छलफलअघि भएको यो जाम सत्रले शिखर सम्मेलनलाई अनपेक्षित तर स्मरणीय सुरुआत दिएको बताइएको छ ।

मङ्गलबार जापानको नारा सहरमा सम्पन्न शिखर सम्मेलनपछि जापानी प्रधानमन्त्री साने ताकाइची र दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले सँगै साङ्गीतिक प्रस्तुति दिनुभएको हो । दुवै नेता व्यक्तिगत एथलेटिक ज्याकेटमा छेउ–छेउ बसेर ड्रम बजाउँदै देखिनुभएको भिडियो ताकाइचीको कार्यालयले बुधबार सार्वजनिक गरेको छ ।

उक्त छोटो भिडियोमा दुवै नेताहरू विश्वप्रसिद्ध के–पप समूह बिटिएसको ‘डायनामाइट’ र ‘के–पप डेमन हन्टर्स’ को ‘गोल्डेन’ जस्ता लोकप्रिय गीतहरूको तालमा रमाउँदै ड्रम बजाइरहनुभएको देखिन्छ । शिखर सम्मेलनको गम्भीर राजनीतिक वातावरणबीच यो दृश्यले दुवै देशका जनतामा सकारात्मक सन्देश दिएको विश्लेषकहरूको टिप्पणी छ ।

यो जाम सत्र प्रधानमन्त्री ताकाइचीको पहलमा भएको बताइएको छ । उहाँ हेभी मेटल सङ्गीतका प्रशंसक हुनुका साथै कलेज जीवनमा उत्साही ड्रमरसमेत रहनुभएको थियो । उहाँका लागि यो साङ्गीतिक प्रस्तुति व्यक्तिगत रुचि र कूटनीतिक सन्देश दुवैको संयोजन भएको जनाइएको छ ।

राष्ट्रपति ली जे म्युङले सामाजिक सञ्जाल एक्समार्फत ड्रम बजाउनु आफ्नो लामो समयदेखिको सपना रहेको उल्लेख गर्दै यस्तो अवसर मिलाइदिनु भएकोमा प्रधानमन्त्री ताकाइचीको आतिथ्यप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले दुवै नेताले एकअर्काको भिन्नतालाई सम्मान गर्दै ताल मिलाएको अनुभवलाई दुई देशबीचको सम्बन्धसँग तुलना गर्नुभएको छ ।

राष्ट्रपति लीले जापान र दक्षिण कोरिया आपसी सहकार्यलाई अझ गहिरो बनाउँदै क्रमशः नजिक हुँदै जाने अपेक्षा व्यक्त गर्नुभएको छ । उहाँका अनुसार सांस्कृतिक आदानप्रदानले राजनीतिक समझदारीलाई पनि मजबुत बनाउनेछ ।

प्रधानमन्त्री ताकाइचीले भिडियो सन्देशमा राष्ट्रपति लीलाई छिटो सिक्ने व्यक्ति भन्दै प्रशंसा गर्नुभयो । उहाँले केही मिनेटमै ड्रम बजाउन सिक्नु राष्ट्रपति लीको उत्साह र क्षमताको उदाहरण भएको बताउनुभयो ।

“जापान–दक्षिण कोरिया सम्बन्धलाई अग्रगामी र स्थिर रूपमा विकास गर्न हामी दुवै सरकारबीचको घनिष्ठ संवादलाई निरन्तरता दिनेछौँ”, प्रधानमन्त्री ताकाइचीज्यूले भन्नुभयो, “यसका लागि हाम्रो ‘शटल कूटनीति’ लाई सक्रिय रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता हामीले लिएका छौँ ।”

के–पपको तालमा सुरु भएको यो शिखर सम्मेलनले राजनीतिक सहकार्यसँगै सांस्कृतिक समझदारीलाई पनि अगाडि बढाउने सङ्केत दिएको टिप्पणी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का