२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता

२०८२, १ माघ बुधबार १५:५२

जापान र दक्षिण कोरियाका शीर्ष नेताहरूले दुई देशबीचको सहकार्य थप गहिरो बनाउने सहमतिसँगै के–पप हिट गीतहरूमा ड्रम बजाउँदै अनौठो तर मैत्रीपूर्ण सांस्कृतिक आदानप्रदान प्रस्तुत गर्नुभएको छ । कूटनीतिक छलफलअघि भएको यो जाम सत्रले शिखर सम्मेलनलाई अनपेक्षित तर स्मरणीय सुरुआत दिएको बताइएको छ ।

मङ्गलबार जापानको नारा सहरमा सम्पन्न शिखर सम्मेलनपछि जापानी प्रधानमन्त्री साने ताकाइची र दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले सँगै साङ्गीतिक प्रस्तुति दिनुभएको हो । दुवै नेता व्यक्तिगत एथलेटिक ज्याकेटमा छेउ–छेउ बसेर ड्रम बजाउँदै देखिनुभएको भिडियो ताकाइचीको कार्यालयले बुधबार सार्वजनिक गरेको छ ।

उक्त छोटो भिडियोमा दुवै नेताहरू विश्वप्रसिद्ध के–पप समूह बिटिएसको ‘डायनामाइट’ र ‘के–पप डेमन हन्टर्स’ को ‘गोल्डेन’ जस्ता लोकप्रिय गीतहरूको तालमा रमाउँदै ड्रम बजाइरहनुभएको देखिन्छ । शिखर सम्मेलनको गम्भीर राजनीतिक वातावरणबीच यो दृश्यले दुवै देशका जनतामा सकारात्मक सन्देश दिएको विश्लेषकहरूको टिप्पणी छ ।

यो जाम सत्र प्रधानमन्त्री ताकाइचीको पहलमा भएको बताइएको छ । उहाँ हेभी मेटल सङ्गीतका प्रशंसक हुनुका साथै कलेज जीवनमा उत्साही ड्रमरसमेत रहनुभएको थियो । उहाँका लागि यो साङ्गीतिक प्रस्तुति व्यक्तिगत रुचि र कूटनीतिक सन्देश दुवैको संयोजन भएको जनाइएको छ ।

राष्ट्रपति ली जे म्युङले सामाजिक सञ्जाल एक्समार्फत ड्रम बजाउनु आफ्नो लामो समयदेखिको सपना रहेको उल्लेख गर्दै यस्तो अवसर मिलाइदिनु भएकोमा प्रधानमन्त्री ताकाइचीको आतिथ्यप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले दुवै नेताले एकअर्काको भिन्नतालाई सम्मान गर्दै ताल मिलाएको अनुभवलाई दुई देशबीचको सम्बन्धसँग तुलना गर्नुभएको छ ।

राष्ट्रपति लीले जापान र दक्षिण कोरिया आपसी सहकार्यलाई अझ गहिरो बनाउँदै क्रमशः नजिक हुँदै जाने अपेक्षा व्यक्त गर्नुभएको छ । उहाँका अनुसार सांस्कृतिक आदानप्रदानले राजनीतिक समझदारीलाई पनि मजबुत बनाउनेछ ।

प्रधानमन्त्री ताकाइचीले भिडियो सन्देशमा राष्ट्रपति लीलाई छिटो सिक्ने व्यक्ति भन्दै प्रशंसा गर्नुभयो । उहाँले केही मिनेटमै ड्रम बजाउन सिक्नु राष्ट्रपति लीको उत्साह र क्षमताको उदाहरण भएको बताउनुभयो ।

“जापान–दक्षिण कोरिया सम्बन्धलाई अग्रगामी र स्थिर रूपमा विकास गर्न हामी दुवै सरकारबीचको घनिष्ठ संवादलाई निरन्तरता दिनेछौँ”, प्रधानमन्त्री ताकाइचीज्यूले भन्नुभयो, “यसका लागि हाम्रो ‘शटल कूटनीति’ लाई सक्रिय रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता हामीले लिएका छौँ ।”

के–पपको तालमा सुरु भएको यो शिखर सम्मेलनले राजनीतिक सहकार्यसँगै सांस्कृतिक समझदारीलाई पनि अगाडि बढाउने सङ्केत दिएको टिप्पणी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी