२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण

२०८२, ३ माघ शुक्रबार १२:०७

भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले आफ्नो पहिलो ‘स्टेट अफ द युनियन’ सम्बोधनमार्फत देशको मुख्य राज्य–नियन्त्रित तेल उद्योगलाई विदेशी लगानीका लागि खुला गर्नुपर्ने आवश्यकता औँल्याउँदै संयुक्त राज्य अमेरिकासँग सम्बन्ध सुधार गर्न आह्वान गर्नुभएको छ ।

अमेरिकी प्रशासनले भेनेजुएलाको तेल निर्यातबाट प्राप्त आम्दानीमाथि नियन्त्रण गर्ने घोषणा गरेपछि राष्ट्रपति रोड्रिगेजले भेनेजुएलामा नयाँ नीतिगत दिशा निर्माण भइरहेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय कूटनीतिज्ञहरूलाई देशमा आएको नीतिगत परिवर्तनबारे विदेशी लगानीकर्तालाई जानकारी गराउन आग्रह गर्दै संसदलाई तेल क्षेत्रमा सुधारसम्बन्धी विधेयक पारित गर्न आह्वान गर्नुभयो ।

“विश्वसँग स्वतन्त्र व्यापार सम्बन्ध कायम गर्दै भेनेजुएलाले आफ्नो ऊर्जा उद्योगका उत्पादनहरू बिक्री गर्न सक्छ,” उहाँले सम्बोधनका क्रममा उल्लेख गर्नुभयो ।

अमेरिकी दबाबपछि भेनेजुएलाको राजनीतिक अवस्था नयाँ मोडमा पुगेको बताउँदै रोड्रिगेजले स्वास्थ्य सेवा र सार्वजनिक पूर्वाधार सुधारका लागि तेल बिक्रीबाट प्राप्त आम्दानी दुईवटा सार्वभौम कोषमार्फत प्रयोग गरिने जानकारी दिनुभयो। हाल देशका धेरै अस्पतालहरूमा अत्यावश्यक उपकरण र सामग्रीको गम्भीर अभाव देखिएको छ ।

यद्यपि उहाँले पूर्व राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकी नियन्त्रणमा लिएको घटनालाई दुई देशबीचको सम्बन्धमा ‘दुर्भाग्यपूर्ण दाग’ को संज्ञा दिनुभयो, तर अमेरिकासँग कूटनीतिक संवाद पुनः सुरु गर्नुपर्नेमा जोड दिनुभयो । उहाँको छोटो र संयमित सम्बोधन शैली अघिल्ला नेताहरूको कडा अमेरिकी विरोधी भाषणभन्दा फरक देखिएको विश्लेषकहरूले बताएका छन् ।
“हामी कूटनीतिसँग डराउनु हुँदैन,” रोड्रिगेजले भन्नुभयो, “राजनीति घृणा र असहिष्णुताबाट सुरु हुनु हुँदैन ।”
यसैबीच, उहाँले मादुरो शासनकालमा थुनामा परेका कैदीहरू क्रमशः रिहा गरिने प्रतिबद्धता जनाउनुभएको छ । तर मानवअधिकार संस्थाहरूले रिहाइको सङ्ख्या सरकारले दाबी गरेजति नभएको जनाएका छन् ।

राजनीतिक विश्लेषकहरूका अनुसार रोड्रिगेज प्रशासनले आर्थिक रूपमा अमेरिकासँग सहकार्य बढाउने तर राजनीतिक संरचना यथावत् राख्ने रणनीति अपनाएको देखिन्छ ।

देशभित्र भने राजनीतिक अनिश्चितता कायमै छ । कराकासका सडकमा सरकारी समर्थनमा प्रदर्शनहरू भइरहेका छन् भने सर्वसाधारण नागरिकहरू खुलेर आफ्नो धारणा व्यक्त गर्न डराइरहेका छन् ।

विश्लेषक डेभिड स्मिल्डेका अनुसार, “सरकारले अमेरिकी आलोचना जारी राखे पनि व्यवहारिक रूपमा आर्थिक सहकार्यतर्फ अघि बढेको देखिन्छ ।”

भेनेजुएलाको वर्तमान राजनीतिक भविष्य अझै अस्पष्ट रहे पनि अन्तर्राष्ट्रिय समुदायको चासो तीव्र रूपमा बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी