२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

२०८२, ४ माघ शनिबार १७:४०

ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य वृद्धिमा देखिएको मन्दताका कारण जर्मनीको मुद्रास्फीति दर डिसेम्बरमा घटेर १.८ प्रतिशतमा पुगेको छ। यससँगै गत वर्ष पहिलो पटक मुद्रास्फीति २ प्रतिशतभन्दा तल झरेको सरकारी तथ्यांकले देखाएको छ।

जर्मनीको संघीय तथ्यांक कार्यालय (डेस्टाटिस) का अनुसार सन् २०२५ को समग्र वार्षिक मुद्रास्फीति २.२ प्रतिशत रहेको छ, जुन सन् २०२४ कै बराबर हो।

डेस्टाटिसकी अध्यक्ष रुथ ब्रान्डले भनिन्, “अघिल्ला वर्षहरूमा २ प्रतिशतभन्दा निकै माथि पुगेको मुद्रास्फीति दर अहिले स्थिर अवस्थामा फर्किएको छ।”

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीमा सन् २०२१ मा मुद्रास्फीति ३.१ प्रतिशत पुगेको थियो, जुन करिब तीन दशकयताकै उच्च स्तर थियो। त्यसपछि रुस–युक्रेन युद्धका कारण ऊर्जा र खाद्य मूल्यमा आएको तीव्र वृद्धिले २०२२ र २०२३ मा मुद्रास्फीति क्रमशः ६.९ प्रतिशत र ५.९ प्रतिशतसम्म पुगेको थियो।

डेस्टाटिसका अनुसार सन् २०२५ मा ऊर्जा मूल्य वार्षिक आधारमा २.४ प्रतिशतले घटेको छ भने खाद्य मूल्य २ प्रतिशतले बढेको छ, जसले समग्र मुद्रास्फीति नियन्त्रणमा मद्दत पुर्‍याएको हो। तर सामाजिक सेवा, बीमा तथा अस्पताल उपचार खर्च बढेकाले सेवाक्षेत्रका मूल्य भने वार्षिक ३.५ प्रतिशतले वृद्धि भएका छन्।

जर्मनीको संघीय आर्थिक मामिला तथा ऊर्जा मन्त्रालयले आगामी महिनाहरूमा मुद्रास्फीति दर २ प्रतिशतभन्दा अलि तल वा वरिपरि रहने अनुमान गरेको छ। मन्त्रालयका अनुसार ऊर्जा लागतमा थप गिरावट र कृषि वस्तुका मूल्य घट्नुले मूल्य वृद्धिमा केही राहत दिन सक्छ।

यद्यपि, इफो इन्स्टिच्युटले सार्वजनिक यातायात भाडा वृद्धि र न्यूनतम ज्याला बढ्नुले सन् २०२६ मा मुद्रास्फीति दबाब फेरि बढ्न सक्ने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना