२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी

२०८२, ११ माघ शनिबार १७:३४

काठमाडौँ | मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणका कारण गाजामा नागरिकहरूको हत्या निरन्तर जारी रहने चेतावनी दिएको छ।

कार्यालयले युद्धविरामपछि पनि हिंसाको ग्राफ बढ्दै गएको र दुई वर्षदेखि जारी विनाशको गहिरो प्रभाव कायमै रहेको जनाएको छ। विज्ञप्ति जारी गर्दै उच्चायुक्तको कार्यालयका निर्देशक अजित सुङ्गाईले रक्तपात रोक्न तथा पुनर्स्थापना र पुनर्निर्माणका लागि मानव अधिकारमा आधारित दृष्टिकोण अपनाउन अन्तर्राष्ट्रिय समुदायले समर्थन र दबाब बढाउनुपर्नेमा जोड दिएका छन् ।

उनले गाजाको संकट अन्त्य हुन नसकेको उल्लेख गर्दै इजरायली आक्रमण तथा मानवीय सहायता प्रवेशमा लगाइएका प्रतिबन्धका कारण दैनिक रूपमा मानिसहरू ज्यान गुमाइरहेको चेतावनी दिए । उच्चायुक्तको कार्यालयका अनुसार जनवरी २१ सम्म युद्धविरामपछि कम्तिमा २१६ जना प्यालेस्टिनी मारिएका छन्। तीमध्ये कम्तिमा ४६ जना बालबालिका र २८ जना महिलाहरू रहेको पुष्टि गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो विषम परिस्थितिमा निर्वाचन गराउन सरकार सफल भयो: कानुनमन्त्री सिन्हा गोरखा-१ मा सुदन गुरुङको अग्रता कायमै १५४ क्षेत्रकाे मतपरिणाम सार्वजनिक