२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह

२०८२, १६ फाल्गुन शनिबार १६:१७

काठमाडौँ | इजरायल र इरानबीच बढ्दो तनावका कारण मध्यपूर्वको सुरक्षा अवस्था बिग्रिँदै गएपछि तेल अविवमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई विशेष सावधानी अपनाउन अपिल गरेको छ ।

शनिबार एक सुरक्षा एडभाइजरी जारी गर्दै दूतावासले पछिल्लो समय विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको स्पष्ट पारेको छ । दूतावासले सबै नेपालीलाई स्थानीय ‘होम फ्रन्ट कमान्ड’ र सुरक्षा निकायका निर्देशनहरू अक्षरशः पालना गर्न, अनावश्यक रूपमा बाहिर ननिस्कन र सधैं सुरक्षित आश्रयस्थल को पहुँचमा रहन आग्रह गरेको छ ।

साथै, सूचनामा आधिकारिक समाचारहरूको मात्र विश्वास गर्न र आपत्कालीन अवस्थामा अन्य नेपालीहरूसँग सम्पर्कमा रहन समेत भनिएको छ। अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीपछि मध्यपूर्वभरि युद्धको प्रभाव देखिएकाले बिना अनुमति कतै पनि यात्रा नगर्न दूतावासले सचेत गराएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी