२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु

२०८२, १८ फाल्गुन सोमबार १४:५६

काठमाडौँ | इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्यापछि मध्यपूर्वमा युद्ध बढ्दै गएकाे छ। इजरायल र इरानबीचको तनाव बढ्दै जाँदा बेरुत तथा दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा भएको आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने १४९ जना घाइते भएका छन्। लेबनानी स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मृत्यु हुने संख्या प्रारम्भिक रहेको उल्लेख गरेको छ।

इरानसँग सम्बन्धित समूह हिज्बुल्लाहले इजरायलतर्फ मिसाइल प्रहार गरेपछि इजरायली सेनाले जवाफी कारबाहीस्वरूप बेरुत तथा दक्षिणी लेबनानका लक्षित क्षेत्रमा आक्रमण सुरु गरेको हो। आक्रमणअघि इजरायलले दक्षिण लेबनानका दर्जनौँ बस्तीका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न चेतावनी दिएको थियो। इजरायलले लेबनानको राजधानी बेरुतसहित विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेपछि स्थिति झन् तनावपूर्ण बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

हिज्बुल्लाहले भने लेबनानबाट इजरायलतर्फ मिसाइल र ड्रोन प्रहार गरेको पुष्टि गर्दै इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्याको बदला लिन उक्त आक्रमण गरिएको दाबी गरेको छ। इजरायली सेनाका अनुसार प्रहार गरिएका केही क्षेप्यास्त्र खुला क्षेत्रमा खसेका थिए। शिया मुस्लिम राजनीतिक तथा सैन्य संगठन हिजबुल्लाहलाई इरानको बलियो समर्थन रहेको मानिन्छ र उक्त समूहले इजरायलको अस्तित्वको अधिकारको विरोध गर्दै आएको छ।

यसअघि अमेरिका र इजरायलले इरानमा संयुक्त हवाई आक्रमण गर्दा खामेनीसहित झन्डै ४० जना शीर्ष नेता तथा अधिकारी मारिएका थिए। त्यसको जवाफस्वरूप इरानले इजरायल र अमेरिकी सैन्य उपस्थित रहेका खाडी मुलुकहरूतर्फ क्षेप्यास्त्र प्रहार गरिरहेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सबै उद्देश्य पूरा नभएसम्म’ इरानमाथिको सैन्य कारबाही जारी रहने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी