२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीका राजकुमार विन तलाल सहित १२ जना राजकुमार र मन्त्रीहरु पक्राउ

२०७४, १९ कार्तिक आईतवार ०७:५१

कात्तिक १९, रियाद (रासस/एएफपी) : साउदी अरेबियाका ११ जना राजकुमार, चारजना बहालवाला मन्त्री र अरु पनि दर्जनौं पूर्व मन्त्री तथा प्रभावशाली व्यक्तित्वहरुलाई पक्राउ गरिएको समाचार छ । 

उनीहरुलाई किन नियन्त्रणमा लिइएको हो भन्ने कुरा अहिले नै प्रष्ट नभएको भए पनि साउदी अरेबियाको सरकारले शनिबारमात्र गठन गरेको भ्रष्टाचार हेर्ने निकायले उनीहरुलाई नियन्त्रणमा लिएको सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् । 

त्यसैले भ्रष्टाचारमा संलग्न व्यक्तिलाई नै पक्राउ गरिएको अनुमान गरिएको छ । प्राप्त समाचारअनुसार यसरी पक्राउ पर्नेमा अरबपति राजकुमारहरु पनि परेका छन् । 

तर उनीहरुलाई राजकीय आदेशमार्फत नै पक्राउ गरिएकोले सरकारले नै भ्रष्टाचार विरोधीलाई कारबाही सुरु गरेको अनुमान सर्वत्र गरिएको छ । 

साउदी अरेबियाका युवराज मोहम्मद बीन सलमानको नेतृत्वमा शनिबार मात्र भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय गरिएको थियो । उक्त नयाँ निकाय गठन भएको केही घण्टामा नै ती युवराज र मन्त्रीहरुलाई नियन्त्रणमा लिइएको प्राप्त समाचारमा जनाइएको छ । 


नियन्त्रणमा लिइएका अधिकारीहरुलाई सार्वजनिक भने गरिएको छैन । उनीहरु सरकारी थुनामै रहेको पुष्टी सरकारी अधिकारीहरुले गरेका छन् । 

साउदी अरेबियामा सुधार कार्यक्रमको घोषणा केही दिनअघि गरिएको थियो । सो कार्यक्रमको नेतृत्व गरेका युवराज मोहम्मदले नै सो पक्राउको आदेश दिएका थिए । उनले शासनमा आफ्नो शक्ति बढाउनका लागि पनि यी कदमहरु चालेका हुनसक्ने अनुमान गरिएको छ । 

साउदी अरेबियाको सरकारी टेलिभिजन अल अरेबियाले उनीहरुलाई भ्रष्टाचारजन्य कार्यको दोषीका रुपमा पक्राउ गरेको जनाएको छ । 

पक्राउ परेकामध्ये सन् २००९ मा आएको बाढी र सन २०१२ मा साउदी अरेबियामा देखा परेको मर्स नामक भाइरसका समयमा उनीहरुले जारी राखेका गतिविधिका कारण उनीहरुमाथि अनुसन्धान हुनुपर्ने आवाज उठेको थियो । 

सोही आरोपमा नै उनीरुलाई पक्राउ गरिएको हुनसक्ने अनुमान गरिएको छ । तर यस विषयमा उक्त आयोगले भने केही बताएको छैन । 

भ्रष्टाचारसम्बन्धी नयाँ आयोगलाई अनुसन्धकानको लागि सङ्कास्पद व्यक्तिलाई पक्राउ गर्न, त्यस्ता व्यक्तिलाई देशबाहिर जान नपाउनेगरी यात्रा प्रतिबन्ध लगाउन सक्नेगरी अधिकार दिइएको छ । 

साउदी अरेबियाको सरकारी समाचार समिति ’एसपीए’ले जनाएअनुसार यो अनुसन्धानको घेरामा अरु पनि कैयौँ उच्च ओहदाका सरकारी अधिकारीहरु रहेका छन् । उनीहरुलाई पनि पक्राउ आदेश आउनसक्ने सो समितिले जनाएको छ । 

एसपीएका अनुसार अरु पनि केही मन्त्री तथा अधिकारीलाई बर्खास्त गरिएको छ । त्यसमा राजकुमारहरु पनि परेका छन् । उनीहरुको पूर्ण विवरण दिइएको छैन । 

यहाँका सञ्चारमाध्यमहरुले उक्त आयोगको काम सरकारी सम्पत्तिको संरक्षण गर्ने र पदीय दायित्वमा रहेका व्यक्तिहरुबाट हुन पुगेको सार्वजनिक सम्पत्तिको दुरुपयोग वा भ्रष्टाचारका कारण भएको क्षतिका लागि उनीहरुलाई कारबाही गर्ने रहेको जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट