२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेरि भारतमा गोली हानी पत्रकारको हत्या

६ मंसिर २०७४, बुधबार ०९:४६

मंसिर ६, भारत । भारतको दक्षिणूर्वी राज्य त्रिपुरामा एकजना भारतीय पत्रकारको हत्या गरिएको समाचार छ । प्राप्त समाचारअनुसार सो राज्यमा मङ्गलबार एउटा रष्ट्रिय दैनिक पत्रिकामा कामगर्ने पत्रकारको गोलीहानी हत्या गरिएको प्रहरीले जानकारी दिएको छ । 

उनी प्रहरीको गोली लागेर मारिएका बताइएको छ । त्रिपुरा राज्याको प्रहरी प्रमुख कार्यालय, त्रिपुरा स्टेट राइफलमा गएको बेला सोही कार्यालयका प्रहरीले गोली हानेको बताइएको छ । उक्त प्रहरी प्रधान कार्यालय सो राज्यको राजधानी अगरतलाबाट करिब २० किलोमीटर पश्चिममा पर्दछ । समाचारको कामका लागि नै उनी त्यहाँ गएको बताइएको छ । 

उक्त कार्यालयका एकजना वरिष्ठ प्रहरी अधिकारी अभिजित सप्तऋषिले भन्नुभयो– हिजो एकजना पत्रकार प्रहरीको गोली लागेर त्रिपुरा स्टेट राइफलको हेडक्वाटरमा मारिएका छन् । 

यसरी पत्रकार मारिएपछि उनलाई गोली हान्ने प्रहरी जवानलाई पनि प्रहरी थुनामा लिइएको छ । उक्त कार्यालयको परिसरमा नै सो घटना भएको पनि उहाँले स्वीकार गर्नुभएको छ । सुदिप दत्त भौमिक नाम गरेका ४८ बर्षका ती पत्रकार भारतीय दैनिक पत्रिका सिन्दन दैनिकका वरिष्ठ समाचारदाता थिए । उक्त पत्रिका बङ्गाली भाषाको पत्रिका हो । 

त्रिपुरा प्रहरीले उक्त दुर्घटनाको कारणका बारेमा अनुसन्धान गरिरहेको जनाएको छ । वरिष्ठ प्रहरी अधिकारी सप्तऋषिले भन्नुभयो– प्रहरी हेड क्वाटरमै यो हत्या कसरी हुन पुग्यो भनेर अनुसन्धान सुरु गरेको छ । 

गोली हान्ने प्रहरी जवान हाल प्रहरीको नियन्त्रणमै रहेका छन् । ती प्रहरी जवान र पत्रकारका बीचमा के कस्तो अवस्थाको सिर्जना भयो र जसका कारण गोली हानेर हत्या गर्नेसम्मको स्थिति आयो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको बताएको छ । 

सो दैनिक पत्रिकाका सम्पादक सुबल कुमार दायले उक्त प्रहरी मुख्यालयका अधिकारीको औपचारिक अनुमति लिएर नै आफ्नो सम्वाददाता सो कार्यालयमा गएको जानकारी दिनुभएको छ । 

उहाँले केही स्थानीय सञ्चारमाध्यममा भन्नुभएको छ– भौमिकले उक्त प्रहरी मुख्यालयका अधिकारीको औपचारिक अनुमति र समय लिएर नै त्यहाँ गएको हो तर के कसरी त्यस्तो दुर्घटनाको अवस्था आइलाग्यो भन्ने बारेमा मलाई आश्चर्या लागेको छ । 

तर सोही बमोजिम उक्त कार्यालयमा भेट्न गएलगत्तै प्रहरीले ती सम्वाददातालाई मुख्यालयमा नै गोली हानेर हत्या गरेका समाचारमा जनाइएको छ । 

उक्त मुख्यालयका प्रमुखको अंगरक्षक ९सुरक्षा गार्ड० ले उनीसँगको सामान्य वादविवादपछि गोली हानेको समाचार आफुले पाएको उहाँले भारतीय दैनिक पत्रिका इन्डियन एक्सप्रेससँग बताउनुभएको छ । यो पत्रकार हत्याको घटना दुई महिनाअघि एकजना टेलिभिजनका पत्रकारको हत्यापछि भएको छ । दुई महिनामात्र अघि एक आन्दोलनको समाचार सङ्कलनका क्रममा आन्दोलनकारीले टिभी पत्रकारको त्रिपुरामा नै हत्या गरिएको थियो । 

त्यसको महिनादिनमात्र अघि पनि एकजना महिला सम्पादकको हत्या भएको थियो । उनको हत्या भने आफ्नै घरको भान्सा कोठामा भएको थियो । भारतमा पछिल्लो समयमा पत्रकार हत्याका घटनामा बृद्धि भइरहेको पाइएको छ । – रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान