४ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा नाकाबन्दीको कारण तीव्र आर्थिक बृद्धि !

१० मंसिर २०७४, आईतवार १७:३३

मङ्सिर १०, दोहा (रासस/सिन्ह्वा) | कतारको आर्थिक बृद्धिदर तिव्र गतिले भइरहेको कतारको केन्द्रीय बैंकका गभर्नरले बताउनु भएको छ । 

गभर्नर सेख अब्दुल्लाह विन साउड अल थानीले खाडी सहयोग परिषद् (जिसीसी) मा पर्ने देशहरु मध्ये पनि कतारमा सवै भन्दा धेरै आर्थिक बृद्धि भईरहेको जानकारी दिनुभयो । 

उहाँलाई उद्धृत गर्दै कतार समाचार संस्थाले कतारका छिमेकी देशहरुले नाकाबन्दी गरिरहेका बेलामा पनि तिब्र आर्थिक बृद्धि भईरहेको समाचार संप्रेषण गरेको छ । 

समाचारमा जनाईए अनुसार कतारले नाकाबन्दीपछि पनि आर्थिक अवस्था खस्कन नदिन सतर्कता अप्नाएकाले बृद्धिदर तिब्र भएको हो । कतारले सन् २०१७ मा २.५ प्रतिशत कुल ग्राहस्थ उत्पादन हुने प्रक्षेपण गरेको केन्द्रीय बैंकले जनाएको छ । 

गभर्नर अल थानीले आगामी बर्ष आर्थिक बृद्धिदर अझ बढ्ने बताउनु भयो । अन्तर्राष्ट्रिय मुद्रा कोषले हालै सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१८ मा कतारको आर्थिक बृद्धिदर २.५ बाट बढेर ३.१ पुग्ने अपेक्षा गरेको उहाँले जानकारी दिनुभयो । 

साउदी अरब, बहराईन, इजिप्ट र युनाईटेड अरब इमिरेट्स् (युएइ)ले गत जुन ५ देखि कतारमाथी कूटनीतिक समस्या सृजना गर्दै नाकाबन्दी गरेका छन । 

कतारले आतङ्कवादी र अतिवादीहरुलाई सहयोग गरेको, उनीहरुको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र इरानसँगको कुटनीतिक सम्बन्ध बलियो बनाउदै लगेको लगायतका आरोप नाकाबन्दी गर्ने देशहरुले लगाएका छन । तर उनीहरुको आरोपलाई कतारले भने पुरै अस्विकार गरेको छ । 

नाकाबन्दी लगाएका देशहरुले कतारसँगको कूटनीतिक समस्या समाधान गर्दै नाकाबन्दी तोड्न १३ बुँदे माग राखेका थिए । 

ती माग मध्ये इरानसँगको सम्बन्ध तोड्नु पर्ने र कतारमा रहेका टर्कीका सेनाहरु फिर्ता पठाउनु पर्ने लगायतका मागहरु मुख्य रहेका छन् । तर सहमती नभएपछि नाकाबन्दी अझै पनि कायमै रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कैलालीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु तीन महिनामा ४ खर्ब ७ अर्ब रुपैयाँ भित्रियो रेमिट्यान्स दुर्गा प्रसाईँविरुद्ध लाग्न सक्छ यी अभियोग दुर्गा प्रसाईँलाई पुर्‍याइयो वीर अस्पताल आफू पक्राउ अगावै दुर्गा प्रसाईंले दिएका थिए पक्राउको जानकारी चिर्पटले हिर्काएर श्रीमतिद्वारा श्रीमानको हत्या आज पनि एक हजार एक सय रूपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ? दु्र्गा प्रसाईँमाथि ७ वर्षसम्म हुनसक्छ कैद : अभिवक्ता विनिता तामाङ सरकार पहिलो चौमासिकमा राजश्व संकलन गर्न कमजोर भक्तपुरस्थित निवासबाट पक्राउ परे दुर्गा प्रसाईं प्रधानमन्त्री ओली र सभापति देउवाबीच आजपनि छलफल हुँदै रुकुमपश्चिममा चिर्पट प्रहार गरेर श्रीमतीले गरिन् श्रीमानको ह-त्या अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा जनकपुर बोल्टस्ले गरे आधिकारिक जर्सी सार्वजनिक युक्रेनलाई रुसविरुद्धलामो दूरीको क्षेप्यास्त्रप्रयोग गर्न बाइडेनको स्वीकृतिसँगै विश्वभर तरंग एक हजार एक सय रूपैयाँले बढ्यो सुनको मूल्य राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै आशिषलाई प्रश्न : ‘पूर्ण वहादुरको सारङ्गी’ कि ‘रैया चाँदीको’ हिट ? उप–निर्वाचनःउमेदवारको नामावली आज प्रकाशन हुने युइएफए नेसन्स लिग : क्रोएशिया र पोर्चुगल क्वाटरफाइनलमा