२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतका राजकुमार ह्यारीले अमेरिकी अभिनेत्रीसँग विवाह गर्दै

२०७४, ११ मंसिर सोमबार १२:५०

मंसिर ११, लन्डन । बेलायतका राजकुमार ह्यारीले अमेरिकी कलाकार प्रेमिका मेघन मर्केलसँग विवाह गर्ने पक्का भएको छ ।

राज सिंहासनका उत्तराधिकारीको पाँचौं वरियताका ह्यारीले आगामी वसन्तमा मर्केलसँग विवाह गरी लन्डनस्थित केन्सिङ्टन दरबारको नटिंघम कटेजमा भित्र्याउने पक्का भएको हो । राजकुमार ह्यारी र अभिनेत्री मर्केल वर्षदिनदेखि डेटिङमा थिए । र, नोभेम्बर पहिलो साता उनीहरु बीच ‘इंगेजमेन्ट’ भएको थियो ।

विवाह घोषणा गर्दै राजकुमार ह्यारीले प्रकाशित गरेको विज्ञप्तिमा आफू यसबारे सार्वजनिक जानकारी गराउन पाउँदा प्रसन्न रहेको र मर्केलका मातापिताबाट आशिर्वाद पाएको उल्लेख छ ।

राजदरबारमा भएको ‘इंगेजमेन्ट’मा महारानी एलिजाबेथ र परिवारका सदस्य मात्र उपस्थित थिए । क्लारेन्स हाउसद्वारा जारी गरिएको त्यससम्बन्धि घोषणामा विवाहको तिथि यकिन हुने क्रममा रहेको उल्लेख छ ।


विवाहपछि मर्केल ‘हिज रोयल हाइनेस’ र राजपरिवारकी वरिष्ठ सदस्य बन्नेछिन् । महारानी एलिजाबेथ र उनका पति ‘डुक अफ एडिनबरा’ले उनीहरुलाई आशिर्वाद दिँदै सुखद दाम्पत्य जीवनको कामना गरेका छन् ।

उनीहरु राजकुमार ह्यारीका हजुरबा–आमा हुन् । मर्केलका मातापिता थोमस र डोरियाले ‘अभूतपूर्व खुशी’ मिलेको प्रतिक्रिया दिएका छन् । ह्यारी र मर्केलको जोडी गत सेप्टेम्बरमा पहिलो पटक सार्वजनिक भएको थियो । स्रोत: बीबीसी

          

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल