२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीसेनाद्वारा यमनमा आक्रमण हुँदा ३१ को मृत्यु,५१ घाइते

२०७४, २८ मंसिर बिहीबार १९:४१

मङ्सिर २९, साना (रासस/सिन्ह्वा) | यमनको राजधानी सानामा एक कारागारको सुरक्षार्थ रहेको प्रहरी शिवीरमा भएको हवाई कारबाहीमा ज्यान गुमाउनेको सङ्ख्या ३१ पुगेको छ । 

यस कारबाहीमा परी अन्य ५९ जना घाइते भएका छन् । हुथी विद्रोहीको नियन्त्रणमा रहेको राज्यको समाचार समिति साबाले सो जानकारी दिएको छ ।

साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले सो कारबाही गरेको हो । सुरक्षा अधिकारीले सुरुमा दिएको जानकारीअनुसार बुधबार बिहान सबेरै साना सहरको प्रमुख केन्द्रमा अवस्थित एक कारागार भवनभित्र रहेको प्रहरी शिवीरमा साउदी अरेबियासँग आवद्ध सात वटा हवाई कारबाहीमा १२ कैदीको मृत्यु हुनुको साथै अन्य ८० घाइते भएका थिए । 

तर प्राप्त पछिल्लो समाचारनुसार यस कारबाहीमा मारिने व्यक्तिको सङ्ख्या ३१ पुगेको नाम नबताउने शर्तमा एक अधिकारीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । 

साथै नाम नबताउने शर्तमा एक प्रहरी अधिकारीले सिन्हवा समाचार समितिलाई हवाई कारबाहीमा परेको सो जेलमा पूर्वराष्ट्रपति अलि अब्दुल्लाह सालेहका समर्थक रहका जानकारी दिएका छन् । 

यमनका राष्ट्रपति अब्दरब्बु हादीको सहयोग गर्दै साउदी अरेबियाले हवाई आक्रमण गर्दै आएको छ । सन्.२०१५ मा हुथीले जारी राखेको द्वन्द्वको क्रममा हादी साउदी अरेबियाको शरणमा पुग्नु भएको थियो । 

यमनमा सन् २०१५ बाट जारी द्वन्द्वमा परी बालबालिकासहित १० हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको र ३० लाख व्यक्ति विस्थापित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी