२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरबलाई लक्षित गरी प्रहार क्षेप्यास्त्र साउदी अरबद्वारा बीचमै नष्ट

२०७४, ४ पुष मंगलवार १५:५१

पुस ४, साउदी अरब  (रासस/एएफ्पी/एपी) | यमनी सिया विद्रोहीसँग लड्दै आएको साउदी अरबको राजधानी रियादस्थित यामामाह दरबारलाई लक्षित गरी प्रहार गरिएको क्षेप्यास्त्रलाई साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले मङ्गलबार आकासमै नष्ट गरिदिएको जनाएको छ । 

यमामाह दरबार साउदी राजा सलमानको सरकारी निवास हो । 

साउदी अरबको राज्य सञ्चालित टेलिभिजनले गठवन्धनले क्षेप्यास्त्र नष्ट गरेको घोषणा गर्र्नुपूर्व नै साउदी नागरिकले आकासमा विस्पोट भएको क्षेप्यास्त्रको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । 


साउदी अरबको बजेटलाई यामामाह दरबारबाट राजा सलमानले सार्वजनिक गर्ने प्रचलन अनुसार सार्वजनिक गर्ने तयारी भइरहेका समय साउदीस्थित फ्रान्सेली समाचार संस्था (एएफ्पी) संवाददाताले ग्रीनविच समय अनुसार विहान १० बजेर ५० मिनेटमा विशाल आवाजसहित आकासमा विष्फोट भएको सुनेको बताए । 

यसैबीच यमनी सिया विद्रोहीका प्रवक्ता मोहम्मद अब्दुल सलामले यमनबाट मङ्गलबार आफ्नो समूहले ब्यालेस्टिक क्षेप्यास्त्र हानेको पुष्टि गर्नुभएको छ । अब्दुल्लाह सलामले ट्वीट गर्दै ‘भोल्कानो एच–२’ नामक क्षेप्यास्त्रको प्रयोग गरिएको बताउनुभयो । 

उहाँले यामामाह दरबारप्रति लक्षित गरी यमनी सिया समूहद्वारा क्षेप्यास्त्र छोडिएको बताउनुभएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी