२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१६ वर्षकै उमेरमा यस्तो अपराध, हुनसक्छ मृत्युदण्ड !

१० पुष २०७४, सोमबार ०९:१७

अमेरिका (एजेन्सी) | अमेरिकाको जर्जियामा प्रहरीले एक १६ बर्षकी किसोरी र उनको ब्वाईफ्रेन्डलाई डबल मर्डरको आरोपमा पक्राउ गरेको छ । किसोरीले आफ्नो १९ बर्षका व्याईफ्रेन्डसँग मिलेर आफ्नो हजुरबुबा-हजुरआमाको हत्या गरेकि थिइन् । किसोरीले आफ्नो अपराध स्वीकार समेत गरेकी छन् । उनलाई मृत्युदण्डसम्मको सजाय हुन सक्ने बताइएको छ । 

हत्यापछी साथीहरु बोलाएर पार्टी 

प्रहरीले जानकारी दिए अनुसार १६ वर्षकि किसोरीको नाम ससान्द्रा हो । ससान्द्राले आफ्नो ब्याईफ्रेन्ड जोनी राइडरलाई रातको समयमा आफ्नो घरमा बोलाएकी थिइन्, जुन समय ससान्द्राका हजुरबुबा र हजुरआमा सुतिरहेका थिए । यस्तै अवस्थामा दुवैले बेसबल ब्याटबाट उनीहरुलाई हानेर मारिदिए । 


हजुरबुबा र हजुरआमाला मारिसकेपछी उनीहरु रोकिएनन् – ससान्द्रा र जोनीले बेसबल ब्याटले हानेर मारिसकेपछी पनि फेरी घाटी रेटे, अनि मृत सरिरलाई प्लास्टिकको झोलामा बेरेर ओछ्यानमा लुकाए । त्यस्तो हर्कत गरेको दोश्रो दिन उनीहरुले आफ्ना साथीहरुलाई घरमा बोलाएर मज्जाले रक्सि पिए । त्यसपछी दुवैजना करीब चार/पाँच दिनसम्म घरमै बसे उनीहरुले लासबाट गन्ध आउन थालेपछि परफ्यूम प्रयोग गरिरहे । 


घटना घटाएको २/३ दिनपछीदेखि दुवै जना निकै डराउन थाले । जोसमा होस गुमेपछि उनीहरुले मान्छे त मारे तर अब कसरी अपराधबाट बच्ने भन्नेमा तनाव सुरु भयो । डरकै कारण उनीहरुले घरमै ड्रग्स प्रयोग गर्थे । 

प्रहरीलाई ससान्द्राले दिएको बयान अनुसार उनले हजुरबुबा र हजुरआमा मार्नुको कारण पनि खुलाएको छ । आफ्नो ब्याईफ्रेन्ड र साथीहरुसँग मोजमस्ती गर्न नदिएको कारण हत्या गर्नुपरेको ससान्द्राले बयानमा भनेकी छन् ।

छिमेकीलाई शंका लागेपछि खुल्यो राज… 

घटनाको खुलाशा तब भयो जब छिमेकीहरुलाई शंका लाग्यो, किनकी केहि दिनदेखि रैन्डाल र वेन्डीलाई छिमेकीले देखेनन् । एक छिमेकीले प्रहरीलाई यसबारे जानकारी गराए । जब प्रहरी पुग्यो तब ससान्द्रा चुपचाप भित्र बासिन्, गेट नखुलेपछि  त्यस दिन प्रहरीले घरमा अरु कोहि छैन भन्ने ठानेर फर्कियो । तर प्रहरी फेरो दोश्रो दिन उक्त घरमा पुग्यो, त्यस दिन पनि घरबाट कुनै आवाज आएन । घरको भित्रबाट गन्ध आएको थाहा पाएपछी प्रहरीले घरको ढोका फोडेर भित्र गयो र मृत सरिर बरामद गर्यो ।

प्रहरी आएपछी भागेका थिए जोडी 

ससान्द्राले दिएको बयान अनुसार प्रहरी घरमा आएको दिन उनीहरुलाई लाग्यो – अब प्रहरीले पक्राउ गर्छ । तब उनीहरु शहर छाडेर भागेका थिए । छिमेकीको बयान अनुसार प्रहरीलाई ससान्द्राप्रति शंका उत्पन्न गराएको थियो । ससान्द्रा फरार भएपछी खोजीको लागि प्रहरीले डिसेम्बरमा एउटा बिज्ञापन समेत निकाल्यो । त्यसपछि ससान्द्रा र उनको ब्याईफ्रेन्डलाई प्रहरीले पक्रिन सफल भयो ।

पक्राउपछि अदालतमा ससान्द्राले आफ्ना हजुरबुबा-आमाको हत्या गरेको स्वीकार गरिन् । तर, उनको ब्याईफ्रेन्डले भने हत्यामा संलग्न भएको कुरा अस्विकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला